सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा ३ वर्षका नावालक छोरालाई कुटपिट गर्ने सौतेनी आमा र बाबु पक्राउ

काभ्रेमा ३ वर्षका नावालक छोरालाई कुटपिट गर्ने सौतेनी आमा र बाबु पक्राउ

7440
Shares
काभ्रेमा ३ वर्षका नावालक छोरालाई कुटपिट गर्ने सौतेनी आमा र बाबु पक्राउ

तीन वर्षका नावालक छोरालाई निर्घात कुटपिट गरेको आरोपमा काभ्रे प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलक बुढा र उनकी श्रीमती उर्मिला बुढा रहेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नं. १९ घर भएका उनीहरु काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ६ स्थित सि.एन ईट्टा भट्टा उद्योगमा मजदुरी पेशा गर्दै आएका थिए । ३९ वर्षिय तिलक बुढाले जेठी श्रीमतीको मृत्यु पश्चात सोही ठाउँकी २८ की उर्मिला बुढासंग दोश्रो बिवाह गरेका थिए ।

जेठी श्रीमतीतर्फका छोराछोरी सहित उनीहर काभ्रे आएका थिए । कान्छी श्रीमती र उनका श्रीमान मिलेर यहि चैत्र ९ गते ईट्टा उद्योग नजिकै रहेको छाप्रोमा सुतीरहेका ३ वर्षका नावालक छोरा विमल बुढालाई कुटपिट गरेका थिए ।

सुरुमा सौतिनी आमाले सुताएको ओछ्यानमा दिशा पिसाब ग¥यो भनि निर्घात कुटपिट गरेकी र सोही अवस्थामा बुबा तिलक बुढाले पनि छोरालाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याकी सख्त घाईते बनाएको काभ्रे प्रहरीले जनाएको छ । तत्कालै स्थानियहरुले बालको उद्धार गरी उपचारको लागि धुलिखेल अस्पतालमा पु¥याएका थिए ।

अहिले पनि उनको धुलिखेल अस्पतालमै उपचार भई रहेको प्रहरीले जनाएको छ । कानुन बमोजिम कारवाही गरी पाउँ भनि घाईते नावालकको मामा तेज बहादुर घर्तिले ज्यान सम्बन्धी कसूर ज्यान मार्ने उद्योग शिर्षकमा आजै जाहेरी दिएका थिए ।

तत्कालै कुटपिट गर्ने बुबा तिलक बुढा र सौतिनी आमा उर्मिला बुढालाई कानुन बमोजिम पक्राउ गरिएको काभ्रे प्रहरीका डिएसपी हरि खतिवडाले जानकारी दिए । उनीहरुलाई ज्यान मार्ने उद्योग शिर्षकमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

7440
Shares

ट्रेन्डिङ