सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेकपा (एकीकृत समाजवादी) प्रति युवा आकर्षण बढ्दो : सचिब शाह

नेकपा (एकीकृत समाजवादी) प्रति युवा आकर्षण बढ्दो : सचिब शाह

5235
Shares
नेकपा (एकीकृत समाजवादी) प्रति युवा आकर्षण बढ्दो : सचिब शाह

युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाहले नेकपा (एकीकृत समाजवादी) प्रति युवाहरुको दिनप्रति दिन आकर्षण बढ्दै गइरहेको बताउनुभएको छ । काभ्रेको पाँचखाल नगरपालिकामा आज भएको नेकपा (एकीकृत समाजवादी) को नगरस्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै सचिब शाहले बिद्रोहबाट आएको पार्टीप्रति युवाहरुको उपस्थिति अरु दलले अनुमान गरेभन्दा फरक रहेको बताउनुभयो ।

सचिब शाहले राष्ट्र र राष्ट्रियताको पक्षमा नेकपा (एकीकृत समाजवादी) अडिक रहेको भन्दै त्यसमा युवाहरुको ठूलो जमातले साथ दिइरहेको बताउनुभयो । ‘निर्वाचन नजिकिँदै छ । नेकपा एसप्रति युवाहरुको भरोसा पनि बढद्ै गइरहेको छ । हामी बिद्रोहबाट जन्मिएका पार्टी हौ । निर्वाचन प्रचारप्रसारमा जाँदा कोहि कसैबाट पनि नकरात्मक धारणा र लाञ्छना युक्त अभिब्यक्ति आउँछ भने डटेर सामना गर्न तयार छौँ । सचिब शाहले भन्नुभयो ।’

सचिब शाहले आफ्नो पार्टीका उम्मेदवारलाई युवा लक्षित योजना बनाएर अघि बढ्न समेत आग्रह गर्नुभएको छ । स्थानीय तह नै घर आँगनको सबैभन्दा नजिकको सरकार भएकाले उम्मेदवारले युवा लक्षित योजना बनाउनुपर्नेमा सचिब शाहले जोड दिनुभएको हो । युवाहरुलाई आफ्नै गाउँ ठाउँमा बसेर काम गर्न सक्ने योजना बनाएर अघि बढ्न आफ्नो पार्टीका उम्मेदवारहरुलाई सचिब शाहले आग्रह गर्नुभएको हो ।

‘हामीले युवा पलायन भयो मात्रै भनेर बस्नु हुँदैन् । युवाहरुलाई आफ्नै गाउँ ठाउँमा टिकाउने योजना आवश्यकता छ । म हाम्रो पार्टीबाट उम्मेदवार बन्नुभएका सबैलाई आग्रह गर्छु । युवा लक्षित योजना बनाउनुस् ।

युवाहरुको सोच र विचारसंग मेल खाने योजनाले मात्रै गाउँ ठाउँमा समृद्धि भित्र्न्छ । युवालाई विदेश पठाएर मुलुकले समृद्धि हासिल गर्न सक्दैन् । सचिब शाहले भन्नुभयो ।’

सचिब शाहले राजनीतिप्रति सबै जसो दलको नेतृत्वमा युवा वर्गको उस्थिति बाक्लिदै गएको बताउनुभयो । ‘यो प्रविधिको युग हो । नयाँ र पुरानो पुस्ताको ज्ञान, सिप र अनुभवलाई साथ साथै लैजाँदा मात्रै मुलुकमा परिवर्तन आउने हो ।

हामीले ब्यवस्था बद्लेका छौँ । अब युवालाई देशमै टिकाउने ठोस नीति आवश्यक छ । स्थानीय तह पनि एउटा सरकार हो । यहाँका युवाहरुको आवश्यकतालाई बुझेर, युवाको भावना अनुसार आफ्नै घरपरिवारसंग बसेर काम गर्न सक्ने अवस्था निर्माण गर्न जरुरी छ । सचिब शाहले भन्नुभयो ।’

5235
Shares

ट्रेन्डिङ