सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा जुवा तास खेल्ने १० जना पक्राउ

काभ्रेमा जुवा तास खेल्ने १० जना पक्राउ

29220
Shares
काभ्रेमा जुवा तास खेल्ने १० जना पक्राउ

काभ्रे प्रहरीले जुवा तास खेल्ने १० जनालाई पक्राउ गरेको हो । नमोबुद्ध नगरपालिका वडा नम्बर ७ भकुण्डेबेशी स्थित विजय खड्गीको घरमा अबैध रुपमा जुवा तास खेलिरहेकालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ४ का २५ बर्षीय प्रेम बहादुर बिक, धुलिखेल नगरपालिका वडा नम्बर ६ का ४० वर्षीय विकास खड्का, नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का ४० बर्षीय मंगल भन्ने ईन्द्र लाल श्रेष्ठ, नमोबुद्ध नगरपालिका वडा नम्बर ७ का ४५ बर्षीय ङेमा तामाङ, सोहि वडाका २९ बर्षीय रोहित खनाल रहेका छन् ।

त्यस्तै नमोबुद्ध नगरपालिका वडा नम्बर ७ का २८ बर्षीय सुमन कुईकेल, नमोबुद्ध नगरपालिका वडा नम्बर ३ का ४२ बर्षीय गणेश तिवारी, धुलिखेल नगरपालिका वडा नम्बर ११ का लक्ष्मण प्रसाद थपलिया, धुलिखेल नगरपालिका वडा नम्बर ६ का ५२ बर्षीय पशुपतिनाथ श्रेष्ठ र नमोबुद्ध नगरपालिका वडा नम्बर ७ का ३७ बर्षीय नारायण खनाल रहेका छन् ।

विशेष सुचनाको आधारमा यस कार्यालय तथा ईलाका प्रहरी कार्यालय मंगलटार गएको प्रहरी अधिकृतको टोलीले पैसाको हार जित हुने गरी बाजी थापी अबैध रुपमा जुवा तास खेलिरहेका उनीहरुलाई पक्राउ गरेको हो । उनीको साथबाट नेपाली १ लाख १८ हजार ५ सय रुपैयाँ, तास नखोलेको ३ बट्टा र खोलेको २० बुक प्रहरीले बरामद गरेको छ ।

29220
Shares

ट्रेन्डिङ