सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

रेफ्रीमाथि मुक्का प्रहार

6035
Shares
रेफ्रीमाथि मुक्का प्रहार

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रंगशालामा मंगलबार पश्चिमाञ्चल र त्रिभुवन आर्मीबीच सेमिफाइनल खेलमा रेफ्रीमाथि हातपात भएको छ । निर्णायक सेटमा पनि चौथो आर्मिीले २१–११ को अग्रता लिएपछि अन्तिममा आर्मीले जितेपछि हात मिलाउने क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्रीमाथि नै मुक्का हानेका छन् ।
पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्री विनय राईमाथि आक्रमण गरेका थिए । रेफ्रीले आर्मीको समर्थन गरेका कारण यस्तो अवस्थाको सिर्जना भएको खेलाडीले दाबी गरेका छन् ।
खेलमैदानभित्र खेलको नियमविपरीत अश्लील शब्द बोलेपछि मैले खेलाडीलाई पहेँलो कार्ड दिएको थिएँ’, उनले भने, ‘त्यसको रिस उनीहरूले खेल सकिएलगत्तै ममाथि आक्रमण गरेर पोखे ।’ खेल चालू रहेकै अवस्थादेखि पश्चिमाञ्चलका खेलाडी रेफ्री राईप्रति आक्रोशित बनेका थिए । रेफ्री बसेर खेल खेलाइरहेको अवस्थामा सटर सञ्जुविक्रम शाहले मैदानबाटै ताकेर बल प्रहार गरे पनि राईलाई भने लागेन । राईले उक्त प्रहारलाई सामान्य रूपमा लिए ।
चौथो तथा निर्णायक सेटमा पनि चौथो आर्मीले २१(११ को अग्रता लिइसकेको थियो । पूर्वाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष विश्वराज धिमालका अनु्सार खेलमा पछि परेको अवस्थामा पश्चिमाञ्चलका खेलाडीहरुले खेल भावना विपरित गतिविधि गर्न थाले । बललाई लात्ताले हानेर उडाइदिनेदेखि रेफ्रीलाई नै लक्षित गरेर बल हान्ने प्रयास गरेका थिए ।
रेफ्रीमाथि हातपात र खेलभावना विपरित लगतिविधि गरेको आरोपमा पश्चिमाञ्चल भलिबल टोलीका लोकेन्द्र भण्डारी, राजन थापा, रमेश केसी र सञ्जु राना मगरमाथि संघले गर्ने कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरी एक वर्षे प्रतिवन्ध लगाइएको छ ।

6035
Shares

ट्रेन्डिङ