सबैको समाचार
बिहिबार, अशोज २०, २०७९
  • होमपेज
  • रसायनिक विषादीको असर र प्राङगारिक कृषि

रसायनिक विषादीको असर र प्राङगारिक कृषि

रसायनिक विषादीको असर र प्राङगारिक कृषि
  • हरिशरण धिताल

कृषि उत्पादनमा कृत्रिम रसायनको प्रयोगबाट उत्पन्नभएको आजको बिकराल अवस्थाबाट विश्व नै चिन्तित छ । मानिसहरुमा रसायनमुक्त कृषि उपज तर्फको अभिरुचि तथाआकर्षण बढ्दो छ । रसायनिक कृषि सामग्रीको विकल्पमा विभिन्न जैविक पदार्थको खोजी पनि जारी छ ।

रसायानिक मल तथा विषादीको उपयोगको कारण मानव स्वास्थ तथा वातावरणमा नकारात्मक असर पर्ने गरेको छ । त्यस्तै पशुपंक्षी र जैविक विविधतामा समेत यसले गम्भीर प्रकारका नकारात्मक असरहरु निम्त्याएको छ ।

धरतीका सम्पूर्ण जीवित प्राणीले आफ्नो स्वास्थ्यलाई नै खतरामा राखेर त्यसको सामनागर्नु परेको छ । यति मात्रै होइन, उत्पादनको मात्रा वर्षेनी घट्दो क्रममा रहेको अनुभव समेत यसको उपयोग गर्ने आमकिसानले गरिरहेका छन् । यहीभएकाले विश्व बजारमा प्राङ्घगारिक उपजहरुको मागतीब्र रुपमा बढेको देखिन्छ ।

नेपालमा कृषि विकासको संयन्त्रमार्फत रसायनिक मल र रसायनिक विषादीको प्रयोगबाट उत्पादन बृद्धि गरी कृषि क्षेत्रको आधुनिकीकरण गर्न सकिन्छ भन्ने सन्देश कृषकहरुलाई दिइएका कारण आज देशका विभिन्न भागखासगरी तराई तथा यातायात सुविधा भएका सुगम पहाडि क्षेत्रमा रसायनिक मलको प्रयोग दिनानुदिन बृद्धि हुदैँ गएको छ ।

फलस्वरुप वातावरणीय संरचनाहरु हावापानी र माटो प्रदुषित बन्दै गइरहेका छन् । यस्ता रसायनिक मल तथा विषादीको प्रयोगबाट मावन स्वास्थ, मानब स्वास्थमा पनि बिशेष गरि महिलाको यौन तथा प्रजनन् स्वास्थमा बढि मात्रामा नकारात्मक असर पर्दछ । वातावरण तथा माटोको उर्वरा शतिmमा प्रत्यक्ष रुपमा असर पारेको कुरा गम्भीर प्रकारका रोगहरु दिनदिनै देखिएकाले पुष्टि गर्दछ ।

रसायनिक मल तथा विषादीका असरहरु
तत्कालिन असर
रिंगटा लाग्नु, मांसपेसी थाक्नु, पेट बटारिनु, पखलालाग्नु, टाउको दुख्नु, आँखा रातो हुनु र पोल्नु, नाकपोल्नु, पातलो सिंगानबग्नु, बान्ताहुनु, छाती दुख्नु, फोकाआउनु, चिलाउनु आदि ।

दिर्घकालिन असर
मानसिक असन्तुलन, श्वासप्रश्वास सम्बन्धी रोगहरु, स्नायुको समस्या, सुस्त मनस्थिति, क्यान्सर वा ट्युमर, वंशाणुगत परिवर्तन, पक्षघात, शारीरिक विकासमा असर, जन्म जात अपांगता, प्रतिरोधी क्षमतामा असर, कलेजो खराबी र बाझोपन वा नपुङ्सकता हुनु ।

यसको अतिरितm हाम्रो देशको हकमा यीपदार्थहरु विदेशबाट आयातगरिने भएकाले देशको ढुकुटीबाट बर्षेनी ठूलो रकम विदेशिने गरेको छ । यसका साथै यी कृतिम वस्तुहरुको निर्माण गर्न देश भित्र उपलब्ध साधन र स्रोतले धान्नगाह्रो छ ।

प्राङगारिक खेतीमा अनुसन्धनात्मक तथा उच्च वैज्ञानिक प्रविधी उपलब्ध भइनसकेको अवस्थामा यस क्षेत्रको मागलाई मध्यनजर राखीहाम्रा कृषिसँग सम्बन्धित निकायहरुले दीर्घकालिन योजनाबनाउनु पर्ने आवशयकता देखिएको छ ।

रसायनिकपदार्थको प्रयोगले पारेको दुष्प्र भावलाई समयमा नै ती निकायहरुले नियन्त्रणमा लिनु पर्दछ । त्यसका लािग माटो ब्यबस्थापन, हाम्रो खेती प्रणाली, वानस्पतिक जडिबुटिहरुका स्रोत एवं यिनीहरुको उपयोग बिधि तथा प्राङगारिक मल ब्यबस्थापनको ज्ञान र सीप हाम्रा किसानहरुलाई दिनु पर्छ । स्थानीय ज्ञान, सीप र अनुभवमा आधारित प्रविधी लगायतका विविध विधीबाट मानव, पशुपंक्षी तथा वातावरणमा पर्ने नकारात्मक प्रभाव लाई न्युनीकरण गर्दै लैजानु सम्बन्धित निकाय र सचेत नागरिकको जिम्मेवारी हो ।

यसरी आजदिगो कृषि उत्पादनको लागि रसायनिक कृषि प्रणाली चुनौतिको रुपमा देखा परेको छ भने अर्कोतिर पर्यावरणीय स्वास्थ्य सम्बन्धी विश्वब्यापी रुपमाआएको चेतनाकाकारण प्राङ्गारिक खेतीबाट उत्पादित वस्तुहरुको माग दिनानुदिन बढिरहेको छ ।

भौगोलिक परिवेश भूमी र जल सम्पदा तथा आर्थिक अवस्थालाई दृष्टिगत गर्दा नेपालमा प्राङगारिक खेती विकासको ठूलो सम्भाबना पनि उत्तिकै छ । यिनै यथार्थ लाई हृदयंगम गरी नेपालमा प्राङगारिक खेती प्रणालीको विकास र विस्तार गर्दै रसायनिक कृषि प्रणालीजन्य समस्याहरुको भयावह स्थितिबाट बचाउनुछ भने नेपालमा प्रांगारिक खेती विस्तार अनिवार्य रुपमागर्नुपर्छ ।

यहाँ प्रांगारिक खेती विस्तार गर्ने र यसको ब्यवसायीकरणको सम्भावना प्रसस्त छ । यसका लागि आवश्यक ज्ञान, सीप, स्रोत तथा साधन हाम्रा कृषि कार्यालयहरुले उपलब्ध गराउनु पर्छ । यस्ता स्रोत तथा साधनहरुको उचित उपयोग गरी स्थानीय तहबाट नै प्राङगारिक कृषि उत्पादन बृद्धिका लागि आबश्यक कार्य योजना तयार पारिनु पर्दछ । र प्राभावकारी कार्यन्वायन पनिगरिनु पर्ने आवश्यक देखिन्छ । प्राङगारिक कृषिउत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहितगरिनु पदर्छ र रसायनिक मल तथा विषादीको प्रयोगमा कमी ल्याउने योजना तथा नीतितयार पारिनु पदर्छ ।

“रसायनिक मल तथा बिषादिको नकारात्मक असर बाट बच्नको लागि पनि रसायिनिक मल र बिषादिको बिकल्पमा स्थानिय स्थरमानै उपलब्ध प्राङगारिक मल तथा बानस्पितिक बिषादिको निमार्ण गरि प्रयोग गर्ने गरि स्वस्थ र प्रङगारिक बालि बालि उत्पादन को अभियान सुभारम्भ गरौ ”

लेखक : हरिशरण धिताल
धुलिखेल ११, काभ्रेपलान्चोक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका