सबैको समाचार
शुक्रबार, जेष्ठ १३, २०७९

कस्ताे छ आजकाे माैसम ?

कस्ताे छ आजकाे माैसम ?

काठमाडौं, ६ वैशाख : नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

 

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राति प्रदेश १,मधेस प्रदेश, बागमती र गण्डकीका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

बुधबार पहाडी भूभागसँगै मधेस प्रदेशका थोरै स्थानमा क्षणिक वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका