सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछापको दोरम्बा शैलुङ ४ का सवै पदका लागी काँग्रेसले छान्यो सर्वसम्मत उमेरदवार

रामेछापको दोरम्बा शैलुङ ४ का सवै पदका लागी काँग्रेसले छान्यो सर्वसम्मत उमेरदवार

9130
Shares
रामेछापको दोरम्बा शैलुङ ४ का सवै पदका लागी काँग्रेसले छान्यो सर्वसम्मत उमेरदवार

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ का लागि नेपाली काँग्रेसका तर्फबाट विभिन्न पदका उम्मेरदवार छानिएका छन् ।

अअध्यक्षमा श्यामलाल घिसिङलाई उठाउने निर्णय गत चैत्र २३ गते बसेको काँग्रेस ईकाई कार्य समितिले गरेको हो त्यस्तै वडा सदस्यहरुमा प्रेम बहादुर थापा मगर,केशर थापा मगर र पेमा होल्मो तामाङको नाम सिफारिस गरेको छ ।

दलित महिला सदस्यका लागि विष्णु नेपालीलाई सिफारिस गरेको काँग्रेस इकाई सभापति श्यामलाल घिसिङले जानकारी दिए । आसन्न स्थानीय तह चुनावकाका लागी काग्रेसले सर्वसम्मत सिफारीस गरेको हो ।

त्यस्तै वडाबाट पालिका प्रमुखका लागि २ जनाको नाम सिफारिस गरिएको छ । जसमा लाल बहादुर थापा मगर र मान बहादुर लामाको नाम सिफारिस भएको छ भने उपाध्यक्षका लागि खमला थापा मगरको नाम सिफारि गरिएको बताइएको छ ।

9130
Shares

ट्रेन्डिङ