सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

8590
Shares
कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही घाइते

दार्चुला, ८ वैशाख : दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथी ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ ।

प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए ।

विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई सामान्य चोट लागेको उनले बताए । शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर नेकपा एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला कांग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।

8590
Shares

ट्रेन्डिङ