सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको गठबन्धन प्रदेशले पनि टुंगो लगाउन सकेन, दलहरू आ आफ्नै तयारीमा

काभ्रेको गठबन्धन प्रदेशले पनि टुंगो लगाउन सकेन, दलहरू आ आफ्नै तयारीमा

18000
Shares
काभ्रेको गठबन्धन प्रदेशले पनि टुंगो लगाउन सकेन, दलहरू आ आफ्नै तयारीमा

काभ्रेमा गठबन्धन नहुने लगभग पक्का भएको छ । जिल्ला स्थित सत्ता साझेदार दलले नगरपालिका र गाउँपालिकाको संख्यामा कुरा नमिलेपछि प्रदेश समिति र कमिटीलाई आ आफ्नो दलको धारणा पठाएका थिए ।

बागमती प्रदेशका १३ मध्ये सबैभन्दा पेचिलो काभ्रे जिल्लामा देखिएको छ । जसरी जिल्लाबाट दलहरूले धारणा प्रदेशमा पठाए, प्रदेश स्तरीय नेताहरूबीच पनि जिल्लाकै जस्तो अवस्था आएको छ ।

हिजो प्रदेश स्तरीय नेताहरूबीच बैठक बसेको थियो । लामो समय बसेको बैठकले १३ मध्ये लगभग आधाभन्दा बढी जिल्लामा सहमति गरेपनि काभ्रे जिल्लाको कुरा नमिलेको हो ।

जिल्लाको जस्तै प्रदेशमा पनि संख्या कै विषय पेचिलो बनेको हो । प्रदेश तहमा सत्ता साझेदार दलबीच कुरा नमिलेपछि सत्ता साझेदार दलहरू आ आफ्नै तयारीमा जुटेका छन् ।

पाँच दलबीच सहमति नभएपनि आवश्यकता आधारमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी), कांग्रेस र माओवादी केन्द्र, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बीच चुनावी तालमेलका लागि छलफल भैरहेको छ ।

18000
Shares

ट्रेन्डिङ