सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०

१६औँ लोकतन्त्र दिवस आज

6050
Shares
१६औँ लोकतन्त्र दिवस आज

काठमाडौं, ११ वैशाख : १६औँ लोकतन्त्र दिवस आज मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भइ लोकतन्त्र स्थापना भएको थियो ।

सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ । तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ ।

कतिपयले त सत्ता सञ्चालकबाटै लोकतन्त्र संस्थागत भन्दा पनि संकटमा पार्ने प्रयास भइरहेको भन्दै चिन्ता प्रकट गर्ने गरेका छन् । दिवसको अवसमा भने सरकारले हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ ।

6050
Shares

ट्रेन्डिङ