सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेरदवार, माओवादीसंग तालमेल भए एमाले “ब्याक”

काभ्रेका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेरदवार, माओवादीसंग तालमेल भए एमाले “ब्याक”

17530
Shares
काभ्रेका सबै पालिकामा एमालेले टुंग्यायो उम्मेरदवार, माओवादीसंग तालमेल भए एमाले “ब्याक”

काभ्रेको १३ वटै पालिकाका लागि नेकपा एमालेले उम्मेरदवार टुंगो लगाएको छ । जिल्लाका १३ वटै पालिका र १ सय ३५ वटै वडामा उम्मेदवार टुंगो लागेको काभ्रे एमालेले जनाएको छ ।

एमालेले धुलिखेलको प्रमुखमा अहिलेका मेयर अशोक व्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटालाई उम्मेरदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै पनौतीको प्रमुख र उपप्रमुखमा पुरानै जनप्रतिनिधीलाई उम्मेरदवारको रुपमा उभ्याइएको छ । प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गिता बञ्जारा नै यो पटक पनि दोहोरिने भएका हुन् ।

यता नमोबुद्धको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा, मण्डनदेउपुरको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा सरिता ढकाल, पाँचखालको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै रोशी गाउँपालिकाको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बबिता बोहरा, तेमालमा इन्द्र तामाङ र सम्तेन लामा, भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, चौरीदेउरालीमा जितराम लामा र बबिता खरेल, बेथानचोकमा कमल तिमिल्सना र सरला लामिछानेलाई उम्मेरदवार तोकिएको छ ।

त्यस्तै खानीखोलामा डम्बर तिमल्सिना र रुकमणि गुरुङ र महाभारतमा पूर्णबहादुर वाइवा र शान्ती तितुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार टुंगो लागे पनि १३ वटै स्थानीय तहमा १२ गते सोमबार उम्मेदवारी दर्ता गर्ने गरी एमालेले तयारी गरेको छ ।

एमालेले गठबन्धनका लागि माओवादी केन्द्रसँग पनि छलफल अघि बढाएको छ । गठबन्धन भएमा माओवादी केन्द्रको भागमा परेको स्थानीय तहका उम्मेदवार ‘ब्याक’ हुने एमालेले जनाएको छ ।

सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रले पनि एमालेसँग छलफल गरेको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले ७, कांग्रेस ४ र माओवादी केन्द्र २ स्थानीय तहमा विजयी भएका थिए ।

17530
Shares

ट्रेन्डिङ