सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेलको मेयरमा स्वतन्त्रबाट काँग्रेस नगर सभापति विदुर बस्नेतको उम्मेरदवारी

धुलिखेलको मेयरमा स्वतन्त्रबाट काँग्रेस नगर सभापति विदुर बस्नेतको उम्मेरदवारी

14655
Shares
धुलिखेलको मेयरमा स्वतन्त्रबाट काँग्रेस नगर सभापति विदुर बस्नेतको उम्मेरदवारी

काभ्रेको धुलिखेल नगरपालिका प्रमुखका लागि विदुर बस्नेतले स्वतन्त्रबाट उम्मेरदवारी दिएका छन् । उनी नेपाली काँग्रेस धुलिखेल नगर सभापति हुन् ।

जिल्लामा गठबन्धन भएसंगै धुलिखेल नगर प्रमुख नेकपा एकिकृतको भागमा परेको थियो । त्यसको विरोधमा हिजो पार्टी कार्यलय अगाडी नारा जुलुस समेत निकालिएको थियो ।

धुलिखेल आफ्नो भागमा पर्नुपर्ने भन्दै आक्रोशित भएका नेता बस्नेतले मनोनयनको अन्तिम दिन आजै उम्मेरदवारी घोषणा गरेर आजै मनोनयन दर्ता गरेका हुन् ।

यसअघि नेकपा एकिकृत समाजवादीका दया सागर श्रेष्ठले नगर प्रमुखका लागि मनोनयन दर्ता गरेका छन् । त्यस्तै उप प्रमुखमा निराजन जङ्ममले मनोनयन दर्ता गराएका छन् । उनी काँग्रेसतर्फका उम्मेरदवार हुन् ।

14655
Shares

ट्रेन्डिङ