सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा कुन पालिकामा क-कसले दर्ता गराए उम्मेदवारी ?

काभ्रेमा कुन पालिकामा क-कसले दर्ता गराए उम्मेदवारी ?

23840
Shares
काभ्रेमा कुन पालिकामा क-कसले दर्ता गराए उम्मेदवारी ?

काभ्रे, १२ वैशाख : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा विभिन्न राजनीतिक दलका उम्मेदवारले आ–आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्लाका १३ स्थानीय तहमा नेकपा (एमाले) एक्लैले तथा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरेर मनोनयन दर्ता गराएको छ । बनेपा नगरपालिकामा प्रमुखमा कांग्रेसबाट शान्तिरत्न शाक्य र उपप्रमुखमा एकीकृत समाजवादीबाट रघुवर चौप्रधानले मनोनयन दर्ता गराउनुभएको छ ।

धुलिखेल नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट प्रमुखमा दयासागर श्रेष्ठले तथा उपप्रमुखमा कांग्रेसका निराजन जङ्गमले उम्मेदवारी दर्ता गराउनुभएको छ । पनौती नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा रामशरण भण्डारीले र एकीकृत समाजवादीबाट उपप्रमुखमा छविलाल हुँमागाईले मनोनयन दर्ता गराउनुभएको छ ।

पाँचखाल नगरपालिकाको प्रमुखमा कांग्रेसबाट महेश खरेल र उपप्रमुखमा माओवादी केन्द्रका चेतप्रसाद गौतमले उम्मेदवारी दर्ता गराउनुभएको छ । मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीबाट टोकबहादुर वाइबा र उपप्रमुखमा कांग्रेसबाट विष्णुमणि नेपालले मनोनयन दर्ता गराउनुभएको छ । नमोबुद्ध नगरपालिकाको प्रमुखमा कांग्रेसबाट कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रबाट रत्न लामाले मनोनयन दर्ता गराउनुभएको छ ।

त्यसैगरी चौरीदेउराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट रेणुका चौलागाई र उपाध्यक्षमा कांग्रेसबाट शेरबहादुर लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ । भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट प्रेमबहादुर भुजेल र उपाध्यक्षमा कांग्रेसबाट जितेन्द्रमान तामाङले मनोनयन दर्ता गराउनुभएको छ । तेमाल गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्र लामा र उपाध्यक्षमा माओवादी केन्द्रबाट दलमान थोकरले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै रोशी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रबाट मीमबहादुर वाइबाले मनोनयन दर्ता गराउनुभएको छ । महाभारत गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट कान्छालाल जिम्बा र उपाध्यक्षमा कांग्रेसबाट सागर मोक्तानले मनोनयन दर्ता गराउनुभएको छ ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट इन्द्रबहादुर थिङ र उपाध्यक्षमा कांग्रेसबाट दोर्जेमान जिम्बाले उम्मेदवारी दर्ता गराउनुभएको छ । बेथानचोक गाउँपालिकामा अध्यक्षमा कांग्रेसका भगवान अधिकारी र उपाध्यक्षमा माओवादी केन्द्रका तारा राना तिमल्सिनाले मनोनयन दर्ता गराउनुभएको छ ।

एमालेबाट बनेपाको प्रमुखमा रत्नकुश रञ्जितकार र उपप्रमुखमा विमला सापकोटा दाहाल, धुलिखेल नगरपालिकाको प्रमुखमा अशोककुमार ब्याञ्जु र उपप्रमुखमा लालतारा अधिकारी, पनौती नगरपालिकाको प्रमुखमा भीम न्यौपाने र उपप्रमुखमा गीता बञ्जारा, पाँचखाल नगरपालिकाको प्रमुखमा कञ्चन अधिकारी र उपप्रमुखमा सूर्यमाया दनुवार, नमोबुद्ध नगरपालिकाको प्रमुखमा राजन भुर्तेल र उपप्रमुखमा सम्झना लामा तथा मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा विदुर सापकोटा र उपप्रमुखमा रिता ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

त्यस्तै एमालेबाट चौरीदेउदारी गाउँपालिकाको अध्यक्षमा जीतराम लामा र उपाध्यक्षमा बविता खरेल, भुम्लु गाउँपालिकाको अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा कल्पना श्रेष्ठ, तेमाल गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर तामाङ र उपाध्यक्षमा सम्तेन लामा, रोशी गाउँपालिकाको अध्यक्षमा देवसागर लामा र उपाध्यक्षमा बविता बोहोराले मनोनयन दर्ता गराउनुभएको छ ।

महाभारत गाउँपालिकाको अध्यक्षमा पूर्णबहादुर वाइबा र उपाध्यक्षमा शान्ति तितुङ, खानीखोला गाउँपालिकाको अध्यक्षमा शेखर लामा र उपाध्यक्षमा रुकमणि गुरुङले मनोनयन दर्ता गराउनुभएको छ । बेथानचोक गाउँपालिकाको अध्यक्षमा कमल तिमल्सिना र उपाध्यक्षमा सरला लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको छ । रासस

23840
Shares

ट्रेन्डिङ