सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • टिपरको ठक्करबाट काभ्रेका ठकुरीको ज्यान गयो

टिपरको ठक्करबाट काभ्रेका ठकुरीको ज्यान गयो

25105
Shares
टिपरको ठक्करबाट काभ्रेका ठकुरीको ज्यान गयो

काठमाण्डाै : भक्तपुरमा गएराति भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

गएराति साढे १२ बजे थिमि नगरपालिकाको चारदोबाटोमा बा ४ ख ८५८१ नम्बरको टिपरले वाग्मती प्रदेश ०२–०२३ प ७७६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरका चालक काभ्रे घर भइ अहिले भक्तपुरको चाँगुनारायण बस्ने ३२ वर्षका ज्ञानेन्द्र मल्ल ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते ठकुरीको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

25105
Shares

ट्रेन्डिङ