सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा बोलेरो दुर्घटना अपडेट : घाइते हुनेको संख्या १३ पुग्यो

काभ्रेमा बोलेरो दुर्घटना अपडेट : घाइते हुनेको संख्या १३ पुग्यो

40210
Shares
काभ्रेमा बोलेरो दुर्घटना अपडेट : घाइते  हुनेको संख्या १३ पुग्यो

काभ्रेमा यात्रुवहाक बोलेरो गाडी दुर्घटनामा परेको छ ।

रोशी गाउँपालिकाको कटुन्जेबेसीमा आज बा १३ च ७०६४ नम्बरको बोलेरो गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा रोशी गाउँपालिका वडा नं ११ का ४ वर्षिय सौगात तामाङ,सोही वडाका २३ वर्षिय राम कुमार तामाङ,५५ वर्षिया सर्मिला लामा,८ वर्षिया करिमा रायमाझी रहेका छन् ।

त्यस्तै ६० वर्षिया गौरीमाया श्रेष्ठ, रोशी १० का ५१ वर्षिय नवराज,२५ वर्षिया ठूलीमाया तामाङ, ३० वर्षिया सुन्तली वाइवा,६५ वर्षिय अञ्जलीमाया मोक्तान, ३६ वर्षिया शाहदेन मोक्तान र रोशी ३ का ५५ वर्षिय रण बहादुर राणा रहेका छन् । एक जनाको भने नाम खुलेको छैन ।

घाइते १३ जनाकै अवस्था सामान्य रहेको जिल्ला प्रहरि कार्यालय काभ्रेले जानकारी दिएको छ । बोलेरो गाडी सडक बाट करिब २० मिटर तल खसेको छ ।

40210
Shares

ट्रेन्डिङ