सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेलमा गठबन्धनको कुरा मिलेन, नगरसभापति बस्नेत के गर्दैछन ?

धुलिखेलमा गठबन्धनको कुरा मिलेन, नगरसभापति बस्नेत के गर्दैछन ?

9090
Shares
धुलिखेलमा गठबन्धनको कुरा मिलेन, नगरसभापति बस्नेत के गर्दैछन ?

 

काभ्रे : धुलिखेलमा गठबन्धनबीच कुरा अझै मिलेको छैन । उम्मेदवारी फिर्ता गर्ने आज अन्तिम दिनको अन्तिम समयसम्म पनि गठबन्धनको मेयरको बागी उम्मेदवार दिएका नगरसभापति बिदुर बस्नेतले फिर्ता लिन मानेका छैनन् ।

सभापति बस्नेत सीमित नेताहरूको मात्रै सम्पर्कमा रहेका छन । बस्नेत आफ्नो बागी उम्मेदवार फिर्ता लिनेमा टसमस भएका छैन् ।

बस्नेत गठबन्धन दलका नेताहरूको बैठकमा बस्न नमानेको स्रोतको दाबी छ । आज ५ बजेभित्र निर्वाचनको कार्यालयमा पुगेर उम्मेदवार फिर्ता नलिए स्वतन्त्र उम्मेदवार बन्ने छन ।

धुलिखेलमा गठबन्धनबीच कुरा नमिल्दा चुनावी परिणाममा ठूलो फेरबदल आउने देखिएको छ । शिर्ष नेताहरुले बस्नेतलाई उम्मेदवारी फिर्ता लिन बस्नेतलाई दबाब दिइरहेका छन । तर बस्नेत मानिरहेका छैनन ।

9090
Shares

ट्रेन्डिङ