सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • “जलवायु परिवर्तन कृषि र लैङ्गिकस वाल ”

“जलवायु परिवर्तन कृषि र लैङ्गिकस वाल ”

10590
Shares
“जलवायु परिवर्तन कृषि र लैङ्गिकस वाल ”
  • हरिशरण धिताल

पृथ्वी दिन प्रतिदिन तात्दै गईरहेको छ । वैज्ञानिकका अनुसार पृथ्वी कुनै काल खण्डमा तात्नु र सेलाउनु सामान्य कुरा हो तर पछिल्लोे केहि समयम यता ( करिब १०० बर्षको बिचमा ) पृथ्वीको तात्ने दर बढी मात्रमा रहेको छ । जसको कारण मौसममा अनियमितता आउनुुको साथै हाम्रो रहन सहनमा पनि फरकपना आईरहेको छ ।

जलवायु भन्नाले लामो समयमा हुने मौसमको औसत अवस्था (सामान्यतया ३० बर्ष भन्दा बढी) हो वा नियमित मौसमी प्रक्रियामा भिन्नता आउनु र त्यसले निरन्तरता पाउनु पनि जलवायु परिवर्तन हो । जलवायु परिवर्तनको कारण पृथ्वीको तापक्रम दिन प्रतिदिन बढ्दै गई विश्व उष्णीकरण हुन,ु पानी पर्ने समय परिवर्तन हुनु अतिवृष्टी, अना वृष्टि वा खण्डवृष्टी हुने लामो समयसम्म खडेरी पर्नु, वायुको आद्रतामा न्यूनता आउनु वा वृद्धि हुनु तापक्रम निरन्तर बढ्दै जानु र मौसममा अनपेक्षित बिचलन देखिनु आदि ।

जलवायु परिवर्तन सम्बन्धि अन्तर सरकारी मन्च (IPCC) का अनुसार मानविय क्रियाकलाप तथा प्राकृतिक कारण लामो समय अवधिमा जलवायुमा हुने कुनै पनि किसिमको परिवर्तन नै जलवायु परिवर्तन हो ।

औद्योगीकरण, वन विनास, मानिसको विलासीतापूर्ण जिवनशैलीका कारण विभिन्न स्रोतहरुबाट हरितगृह ग्याँसहरुको (कार्बनडाइअक्साईड, मिथेन, नाईट्रसअक्साईड,आदि) उत्सर्जनमा वृद्धि भईरहेको छ ।

यसरी अत्याधिक मात्रमा यी ग्याँसहरु पृथ्वीको वायुमण्डलमा रहने हुदा धेरैभन्दा धेरै सूर्यका किरण पृथ्वीका वायुमण्डलमा रहन गएको छ । यी सूर्यका किरणहरुका कारण पृथ्वीको तापक्रममा निरन्तर वृद्धि भईरहेको छ ।

विकसित भनिएका मुलुकहरुमा भएको बढ्दो औधोगीकरणको कारण दिन प्रतिदिन वायुमण्डलमा हरितगृह ग्याँसहरुको मात्रा बढ्दै आईरहेको छ जसको परिणाम जलवायु परिवर्तनको नकारात्मक असर पृथ्वीमा बस्ने सम्पूर्ण देशको समग्र वातावरण तथा मानवमा नै परेको छ । विडम्बना भन्नुपर्छ हरितगृह ग्याँस उत्सर्जन धनी देशहरुले गर्दछन् तर त्यसको असर गरिव मुलुकहरुले समेत भोग्नु परिरहेको छ ।

जलबायु परिबर्तनको प्रमुख सूचकहरुमा समुद्धको सतह बढनु , विश्वको तापक्रम बढ्नु ,समुन्द्रहरुको तापक्रम तातो हुदौ जानु बरफ वा हिंउँको तह घट्दौ जानु , मौसमी घटनाहरु फरक हुनु , बिभिन्न जिव र वनस्पतिको रुप र अवस्थामा परिबर्तन हुनु आदि छन् ।

नेपालको सन्र्दभमा जलवायु परिबर्तनको कारण देखिएका प्रमुख असरहरु :
वर्तमान समयमा जलवायु परिवर्तन अहिले विश्वको समस्याको रुपमा रहेको छ । धनि राष्ट्रहरुले वा औधोगिक विकासले गति लिएका राष्ट्रहरु जलवायु परिवर्तनका मुख्य कारण हुन र हरितगृह ग्याँस उत्सर्जनका कारण हुन तर यसको असर अन्य राष्ट्रहरु तथा स्थानिय स्तरमा परिरहको छ ,पृथ्वीमा रहेका हरेक जीव र वनस्पतिलाई असर गरिरहेको छ । जुन यस प्रकार छन् ।

(क) हिमाली क्षेत्रको तापक्रम बढ्नाले हिँउ पग्लदै गईरहेको कारणले चाँदी जस्ता हिमाल कालो पत्थरमा परिणत हुन सक्छ ।
(ख) हिमताल फुटेर धनजनको क्षति हुन सक्ने जोखिम बढिरहेको छ ।
(ग) पानीको स्रोतहरु सुक्दै गईरहेका छन् । हिमाल पग्लदै गएपछि नदिनालाहरु पनि बिस्तारै सुक्दै जानेछन् ।
(घ) विश्वभरिबाट निरन्तर हिँउ पग्लिएर जाने समुद्रको सतह निरन्तर बढदै जाँदा समुद्रको बिचमा वा छेउछाउमा भएका ठुला शहरहरु वा देशहहरु डुब्ने खतरा बढेको छन् ।
(ङ) वानस्पतिक र वन्यजन्तुका प्रजातिहरु लोप हुुदै जाने दर बढेकाले जौविक विविधतामा असर पुग्नेछ ।
(च) कृषि क्षेत्रमा जलवायु परिवर्तनले ठुलो जोखिम निम्त्याएको छ ।

 बालीको उत्पादकत्व घट्दै गएको छ ।
 फलफुल फुल्ने र फल्ने समयमा फरक आएको छ जसले गर्दा नियमित बाली पात्रोमा फरक परेको छ ।
 बाली बिरुवामा नयाँ नयाँ रोग तथा किराको प्रकोप बढि रहेको देखिन्छ जसले गर्दा प्राविधिकहरुमा र कृषकहरुमा चुनौती देखा परेको छ ।
 स्थानिय स्तरमा उपलब्ध हुने बाली तथा तिनको स्थानिय जातहरु लोप भएका छन् ।
 पानीको स्रोतको अभावका कारण खडेरीले बाली उत्पादनमा कमि आएको छ र जग्गाहरु बाँझो बन्दै गई रहेका छन् ।
 बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका कारण माथिल्लो सतहको माटोमा भु–क्षय भई बाटोको उर्बराशक्क्तिमा कमि आएको छ ।
 मौसमको सहि तरिकाले आँकलन गर्न नसक्दा जोखिम बढ्न गाई नाफामूलक कृषि व्यावसाय नोक्सानमा पुगेको छ ।

“सप्तरी जिल्ला नेपालमा आँप उत्पादनको लागि प्रसिद्ध ठाँउ हो, तर पछिल्लो केहि बर्षदेखि यस ठाँउको आँपमा किराको आक्रमण अत्यधिक मात्रामा वृद्धि भई विगत केहि वर्षदेखि आँप उत्पादनमा कमि आएको , आँप फलेतापनि फलमा किराको प्रकोपको कारण आँपको बिक्री वितरण नहुने भए पछि हाल कृषकहरुले आफनो आँपको बगंैचाको आँपको बोटहरु काटी रहेका छन् । –स्थानिय अगुवा कृषक —सप्तरी ”

(छ) प्राकृतिक सो्रत (पानी ,जमिन,आदि ) को प्रयोग बढ्न गई प्राकृतिक स्रोतको पहँुचमा बढि प्रतिस्पर्धा हुने र त्यसले देश र विश्वव्यापि रुपमा झैझगडा हुन सक्नेछ ।
(ज) कतै बाढी कतै खडेरी र बाढीको समयमा पानीको स्रोतलाई प्रदुषित बनाई मानव स्वास्थ्यमा समेत नकारात्मक असर पारिरहेको छ ।
(झ) नेपालको मध्य पहाडि भेगमा पानीका मुहानहरु सुक्न थालेका छन् जसको कारण नेपालको विधुत उत्पादन गर्ने हाईड्रोपावरहरुमा समेत असर देखिन थालेको छ ।

जलवायु परिवर्तनको असरलाई कम गर्ने तरिकाहरु :
जलवायु परिवर्तनको असरलाई मुख्यतया २ तरिकाबाट कम गर्न सकिन्छ ,

(क) अनुकुलन (Adoption )

(ख) न्युनीकरण (Mitigation )

यि दुई मध्ये न्युनकीँरणको लागि निकै खर्चालु हुने हुँदा हामी जस्तो विकासशील राष्ट्रले अनुकुलनका उपायहरु अवलम्बन गर्नु जरुरी छ ।
वैकल्पिक उर्जा ( सोलार,बायो ग्याँस, हाईड्रोपावर आदि ) को प्रयोगमा जोड दिने ।
परम्परागत खेती प्रविधिमा सुधार गरी जलवायु परिवर्तनको अनुकुलित कृषि प्रविधिमा जोड दिने (Climate smart adaptation )
जलवायु अनुकुलन तिक्ष्ण प्रविधि भनेको समय सापेक्ष र व्यवहारिक क्रियाकलापबाट सिद्ध भएका प्रविधिहरु हुन् । यी प्रविधिहरु वातावरणमैत्री, सामाजिक रुपमा दिगो , कृषकहरुको अनुभव र क्षमतामा विकसित, परिमार्जित र प्रमाणित भएका प्रविधि हुन् यी प्रविधिहरु प्राकृतिक स्रोत साधनमा आधारित प्राकृतिक वस्तुको उपयोग र पुन प्रयोगमा आधारित जस्तै पानीको उचित व्यवस्थापन, अन्तरवाली ,संरक्षण खेती,उचितवाली चक्र, छापोको प्रयोग, एकिकृत बाली संरक्षण, मलखाद र सुक्ष्मतत्वको उचित व्यवस्थापन र प्रयोग माटोको उर्वराशक्ति संरक्षण, उचित बाली व्यवस्थापनमा आधारित छन् । केहि विशेष प्रविधिहरु निम्न छन् ।

(क) पानिको उचित उपयोग प्रबिधि
घरायासी स्तरमा पानी संकलनको लागि प्लाष्टिक पोखरी निर्माण
सामुदायिक प्लाष्टिक पोखरीमा पानी संकलन
छापोको प्रयोगबाट जमिनको पानी संरक्षण र झारपात नियन्त्रण
थोपा सिचाई
खेतबारीमा बर्षातको पानी संरक्षण

(ख) मलखाद र सुक्ष्म तत्वको प्रबिधि
झोल मल १,२,३ ?????
कम्पोष्ट मल
हरियो मल ??????
गड्यौले मल
गोठेमल

(ग) बालि ब्यबस्थापन प्रबिधि
उचित बाली चक्र
बालिका जरा कुहिने भाग माटोमा मिलाएर
 वनजंगलको विनास रोक्ने, डडेलो लाग्नबाट बचाउने, पाखा पखेरामा वृक्षारोपण गर्ने ।
 खेतबारीबाट आएका झारपात बालीनालिका अवशेषलाई त्यही बारीमा माटोमा प्रयोग गर्ने ।
 माटोमा उर्वराको मात्रा बढाउन कम्पोष्ट वा प्राङगारिक मलको प्रयोग गर्ने र भु–क्षय रोक्नको लागि आवश्यक कार्ययोजना तयार गर्ने ।
 धान खेतबाट बढी मात्रामा मिथेन ग्याँस ( एक किसिमको हरित गृह ग्याँस ) उत्सर्जन हुने हुदा धान खेती प्रबिधिमा उन्नत प्रबिधि ( सधन धान खेति क्च्क्ष् अपनाउने )
 स्थानिय सा्रेत साधनको प्रयोगलाई बढावा दिने ।

जलवायु परिवर्तनको कारण ग्रामिण क्षेत्रमा उत्पादनको कमि आउन थालेपछि नेपाल जस्तो पितृसत्तामक संरचना र सोच भएको देशमा पुरुषहरु महिलालाई घरायारी कामको जिम्मा लगाई रोजगारीको लागि बाहिरिले प्रचलन बढी मात्रामा छ ।

जसले गर्दा जलवायु परिवर्तनको कारण सृजना भएको प्रकोपको प्रत्यक्ष असर महिलामाथि पर्न गएको छ । जलवायु परिवर्तनको कारण पानीको स्रोतहरु सुकेर तथा वन जङगल विनासको कारण लामो दुरी हिडेर पानी लिन वा घाँस दाउरा लिन जाँदा महिलाको यौन तथा प्रजनन् स्वास्थमा नकारात्मक असर पर्न जान्छ ।

विपतको समयमा परुषको तुलनामा महिला र बालबालिकाको मुल्यु हुने सम्भावना बढि रहन्छ । अझ जलवायु परिवर्तनको कारण सृजना भएको प्रकोप (बाढि, पहिरो ,भुक्षय) को समयमा महिला माथि हुने अन्य हिंसाको घटनाहरु बढि मात्रामा घट्ने गरेका छन् ।

प्रकोपको समयमा लागि सरकारले नीति तयार पर्दा राहत कोषमा तत्कालिन खाद्यान्न मात्र प्राथामिकतामा राख्ने गरेको छ । तर प्रकोपको समयमा महिलामैत्री सुरक्षित स्थल निमार्ण (शौचालय तथा बाँस स्थान ) र प्रकोपको कारण महिलाको मानसिक स्वास्थ्यमा परेको समस्याको सम्बोधनका लागि पनि सरकारले आफ्नो राहत प्याकेजमा समावेश गरी मनोविमर्श तथा मनोपरामर्श सेवा प्रदान गर्न उत्तिकै आवश्यक देखिन्छ । यसका लागि सरकारले आफनो हरेक स्थानिय निकायमा जलवायु परिवर्तनको असर सम्बोधनका लागि स्थानिय अनुकुलन योजना ९ीब्एब्० तयार गर्दा लैंगिक सवाल सम्बोधन हुने खालको स्थानिय अनुकुलन योजना निमार्ण गरिनु पर्दछ ।

“जलवायु परिवर्तनको कारण कृषि तथा स्वास्थमा नकारात्मक असर परेका देखिन्छ साथै जलवायु परिवर्तनको कारण सृजना हुने प्राकृतिक प्रकोपको कारण महिलामा हुने समस्याको संम्वोधनका लागि पनि सरकाको योजना आवश्यक छ । ”

10590
Shares

ट्रेन्डिङ