सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • लोडर दुर्घटना, दुई जनाको मृत्यु

लोडर दुर्घटना, दुई जनाको मृत्यु

11895
Shares
लोडर दुर्घटना, दुई जनाको मृत्यु

हटेडौं, १९ वैशाख : निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्टट्रयाक) मा लोडर पल्टिँदा दुईजना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मृत्यु हुने दुवै चिनियाँ नागरिक भएको बताइएको छ । निर्माणाधीन फास्ट ट्रयाकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।
लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ ।

लोडरमा ५ जना चिनियाँ नागरिक र एकजना नेपाली रहेको प्रहरीले जनाएको छ । बाँकी ४ जनाको उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

11895
Shares

ट्रेन्डिङ