सबैको समाचार
बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • काभ्रेमा भयानक सवारी दुर्घटना, ५ जनाको मृत्यु

काभ्रेमा भयानक सवारी दुर्घटना, ५ जनाको मृत्यु

17600
Shares
काभ्रेमा भयानक सवारी दुर्घटना, ५ जनाको मृत्यु

 

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११ मा सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट भारत तर्फ जादै गरेको यात्रुवाहक (तिर्थ यात्रु) बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको टाटासुमो एक आपसमा ठक्किएर दुर्घटनामा परेको हो ।

दुर्घटना हुदा १ जना बच्चा सहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो ।

दुर्घटनामा कमलामाई नगरपालिका वडा नम्बर ७ सिन्धुलीका २९ वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ८ का ७ वर्षीया संगीता भूसाल र उनकी आमा २९ वर्षीया सम्झना भूसाल, सिन्धुलीको सुनकोसी गाउँपालिका वडा नम्बर १ का ४४ वर्षीय प्रमिला नेपाली र कमलामाई नगरपालिका वडा नम्बर ४ सिन्धुलीका अन्दाजी ४० वर्षीय हरिबहादुर बलको मृत्यु भएको हो ।

युपी ५८ टी ८१८१ बस र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ ज ४२१० टाटासुमो रोशी गाउँपालिका वडा नम्बर ११ मा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । मृत्यु हुने सबै टाटा सुमोमा सवार यात्रु हुन ।

17600
Shares

ट्रेन्डिङ