सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेलको शुख, शान्ती र समृद्धिका लागि मेरो उम्मेदवारी : स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत

धुलिखेलको शुख, शान्ती र समृद्धिका लागि मेरो उम्मेदवारी : स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत

6915
Shares
धुलिखेलको शुख, शान्ती र समृद्धिका लागि मेरो उम्मेदवारी :  स्वतन्त्र उम्मेदवार बिदुर बस्नेत

काभ्रे : धुलिखेलको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएपछि चुनावी मैदानमा उत्रिएका धुलिखेल नगर प्रमुखका स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेतले आफ्रनो घोषण पत्र सार्वजनिक गरेका छन् । घोषणा पत्रमा बस्नेतले धुलिखेलको शुःख शान्ती र समृद्धिका परिकल्पना गरेर आफ्नो दाव्दाी बलियो रुपमा प्रस्तुत गरेका छन् ।

हेर्नुहोस् बस्नेतको घोषण यहाँहरुमाझ हामिले जस्ताको तस्तै राखिदिएका छौं ।

“जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी”
धुलिखेल नगरपालिकामा विदुर बस्नेतको

स्वतन्त्र उमेदवार किन ?
राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संस्थागत विकास गर्न विधिको शासन, कानुनी राज, जनमतको कदर गर्दै सम्बैधानिक हक, नागरिक अधिकारको प्रत्याभूति हुनुपर्छ । संविधान र कानुनले प्रदान गरेका हक अधिकारलाई मौलिक हकको रुपमा व्यवहारमै नागरिकको दैनिक जननिविकालाई सहज बनाउन आवश्यक छ । विगत ५ वर्ष अगाडि निर्वाचित धुलिखेल नगरपालिकाका प्रतिनिधिहरुबाट एकतनत्रीय शासकको व्यवहार भएको, विकृति र विसङ्गतीको बाहक भएको, व्यथितिको नमूना भएको, भ्रष्टाचारलाई संस्थागत गरेको, गुणस्तरहिन काम गरेको कारण सबल र सुशासित नगरपालिका सञ्चालन गर्न विगतको नेतृत्व असफल देखिएको छ । सबै नगरबासीको सामुहिक विवेक, ज्ञान र सीपको माध्यमबाट धुलिखेल नगरपालिकाको र नगरबासीको सर्वाेत्तम हित र व्यवस्थित विकास गर्न म विदुर बहादुर वस्नेतले स्थानीय तहको निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेद्वारको रुपमा आफूलाई उभ्याएको छु । आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो अमूल्य मत दिई विजय गराउनु हुन सविनय अनुरोध गर्दछु ।

समादरणाीय तथा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरु !
सम्बृद्ध धुलिखेल निर्माणका लागि निम्नलिखित प्रतिबद्धताहरु व्यक्त
गर्दछुः–
१. सडक
यातायात पूर्वाधारलाई व्यवस्थित बनाइ गुणस्तरीय सडक निर्माण गर्ने, भएका सडकहरुको स्तर उन्नती गर्ने ।
२. पर्यटन–
धुलिखेललाई नेपालको नमूना पर्यटन स्थलको रुपमा विकास गर्न आबश्यक कार्यहरु गर्ने । धुलिखेलको ऐतिहासिक, सांस्कृतिक विविधताको संरक्षण गर्ने । धुलिखेलका सबै क्षेत्रहरुलाई प्राकृतिक सौन्दर्यको अध्ययन अवलोकन गर्ने प्रमुख गन्तव्यको रुपमा विकास गर्ने । धुलिखेल नगरपालिका वडा नं.८ मा रहेको कटुवाल पाखालाई आकर्षक पर्यटकीय पार्क निर्माण गर्ने धुलिखेल नगरपालिका वडा नं.५,६,७ र १२ मा रहेका पुराना घरहरुको पुरातात्विक रुपमा संरक्षण गर्ने तथा पून निर्माण गर्दा हाम्रो संस्कृति र कला संरक्षण गर्न नगर पालिकाले आबश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने । सिंगो नगरलाई नै संग्राहलय रुपमा विकास गर्ने ।
३. उद्योगः
➤स्थानिय सीप, प्रविधि र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग स्थापना गरी व्यवसायिक क्षेत्रमा उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने ।
➤ कृषिमा आधारित उद्योगको स्थापना गरी नागरीकको आर्थिक उर्पाजन गर्न बिशेष कृषि आयोजना सञ्चालन गर्ने ।
➤कृषि र पर्यटनलाई जोडेर व्यवस्थित र दिगो रुपमा अगाडी बढाईने नीति अवलम्वन गर्ने ।
➤खाद्य सुरक्षाको आबश्यक कार्यहरु गर्ने । पशुजन्य, फलफूल तरकारीको उत्पादकत्व बृद्धिको लागि विकसित देशमा स्थानीय युवाहरुलाई शीप आर्जन गर्न पठाउने । उच्च प्रविधिमा आधारीत पेशा गर्न प्रोत्साहन गर्ने ।

४. शिक्षा :–
➤अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न दक्ष जनशक्ति उत्पादन गर्ने । नेपाल सरकारबाट सञ्चालित शिक्षा नीति भित्रैबाट गुणस्तरीय, व्यवसायिक र प्राविधिक शिक्षालय स्थापना गरी दक्ष जनशक्ति उत्पादन गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गर्ने ।
➤ धुलिखेलमा रहेको विश्वविद्यालयलाई कृषि पर्यावरण सम्बन्धी दक्ष जनशक्ति उत्पादन केन्द्रको रुपमा विकास गर्ने ।
➤ सरकारी विद्यालयहरुलाई विभिन्न क्लस्टरमा वर्गिकृत गरी कम लागतमा आबाशीय र गुणस्तरीय शिक्षालयको स्थापना गरी उच्च शिक्षा हासिल दर बृद्धि गर्ने ।
➤धुलिखेल नगरपालिकामा क्षेत्रीय स्तरको व्यवसायकि प्राविधिक विद्यालय खोल्ने ।
➤ न्यून आय भएका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न न.पा.बाट अनुदानको व्यवस्था गर्ने ।

५. नागरिक रोजगारी श्रृजना गर्ने :
➤१८ वर्षदेखि ६० वर्षसम्मका नागरिकको सीप, योग्यताको नियमित विवरण राखी स्थानीय सीप, श्रमलाई पहिलो प्राथमिकमा राखी नागरिकहरुलाई सहभागी बनाउने ।
➤व्यवसायिक पशुपालनको प्रबद्र्धन गर्ने गराउने ।
➤पुष्प खेतिको प्रबद्र्धन गर्ने ।
➤तरकारी खेतीमा अनुदान उपलब्ध गराउने व्यवस्था गर्ने ।
➤ प्रति लिटर दूधमा रु १० अनुदान दिने। व्यबस्था गर्ने ।
➤रु.१५,०००।– भन्दा कम मासिक आय भएका विपन्न घर परिवारलाई प्रत्येक वडामा १०÷१० जनालाई आयआर्जन गर्न रु.२,५०,०००।– सम्म निव्र्याजी सहायता उपलब्ध गराई उद्यमी बनाउन प्रोत्साहन गर्ने ।
ड्ड दलित (सिल्पी) पिछडिएको वर्ग र समुदायलाई टोलटोलमा उनीहरुकै सहभागितामा रोजगारमूलक विशेष कार्यक्रम बनाइ लागू गर्ने ।

६. स्वास्थ्य :
➤ स्वस्थ नागरिक नै धुलिखेल न.पा.को सबैभन्दा ठूलो सम्पत्ति भएको तथ्यलाई आत्मसात गरी स्वास्थ्य विज्ञ र नागरिकको सहभागितामा बिशेष स्वास्थ्य कार्यक्रम बनाई लागू गरिने छ ।
➤ महिला तथा बालबालिकाकाको स्वास्थ्यमा विशेष ध्यान केन्द्रीत गर्ने ।
➤धुलिखेल अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोगी भूमिका निर्वाह गर्ने ।
➤ स्वास्थ्य चौकी, उप–स्वास्थ्य चौकीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने ।
➤ मुटु रोगी, मृगौला रोगी, क्यान्सर रोगीको लागि अवस्था हेरी नगरपालिकाले १० लाखसम्म उपचार खर्च व्यहोर्ने ।
➤ स्वास्थ्य विमालाई अनिवार्य गरिनेछ ।

७. प्राकृतिक र वातावरण मैत्री कार्यक्रमः–
➤प्राकृतिक र जैविक विविधताको संरक्षण, प्राकृतिक क्षेत्रको बैज्ञानिक व्यवस्थापन गर्ने । व्यवस्थित आवास क्षेत्र विकास गर्ने, स्वस्थ्य पोखरी, कृतिम ताल निर्माणको सम्भाब्यता अध्ययन गरी निर्माणमा पहल गर्ने । धार्मिक स्थल, खानेपानी मुहान, खुल्ला क्षेत्र, सडक, टोल सार्वजानिक सम्पतिकोख संरक्षण तथा खोजी गर्ने । टोल टोलमा निःशुल्क सार्वजानिक शौचालय निर्माण तथा सञ्चालन गर्ने । फोहोरमैलाको दीगो व्यवस्थापन गरी फोहोरबाट, बिजुली निकाल्ने, प्राङगारिक मल बनाउने र छिमेकी न.पा.समेतसँगको सहकार्यमा फोहोरको बैज्ञानिक व्यवस्थापन गर्ने ।

➤ कृषियोग्य भुमिको संरक्षण, बस्ति बिकास भू–नीति अनुसार जग्गाको वर्गिकरण कडाईका साथ लागू गरी व्यवस्थित विकास सञ्चालन गरिनेछ ।
➤ जलासय तथा पोखरी निर्माण तथा सिमसार क्षेत्रको संरक्षण गरी कृषि भूमिमा सिचाई प्रणाली पु¥याउने कार्य गर्ने ।
➤ धुलिखेल नगरपालिका तल्लो तटिय क्षेत्रहरु : चंखुवेसि एरिया र वडालगाउँ र पातलेखेत, शंखु एरीयामा ठूला पोखरी निर्माण गरी तल्लो तटिय क्षेत्रमा बाहै्र महिना सिचाई सुविधा पु¥याउने ।

➤निर्माण गरिएका पोखरीमा सामूहिक माछापालन गरी कृषकको आयस्रोतमा बृद्धि गर्ने ।
➤कृषि र पर्यटन जोडेर नागरिकको आम्दानी वृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने ।
➤धुलिखेलको चक्रपथ निर्माण गरी पर्यटकीय बस र नागरीकलाई सहज आवज जावज गर्ने नगरबस सञ्चालन गर्ने ।
➤धुलिखेल न.पा.मा मितव्ययी प्रशाासन सञ्चालन गरीने छ फजुल खर्च भोजभतेर बन्द गर्ने ।
➤बिगत ५ वर्षमा धु.न.पा.मा. भएको राम्रा कामलाई निरन्तरता दिई विगतका प्रतिनीधिबाट भएका कामकारवाहीवारे स्वेतपत्र सार्वजानिक गरी नागरिकलाई सु–सुचित गरिने छ ।

➤ वार्षिक १ लाख भन्दा कम आए भएका घरलाई ३ महिने सुत्केरी भत्ता प्रति महिना रु.५ हजारका दरले उपलब्ध गराउने ।
➤ धुलिखेल न.पा.को वडा नं. ३ र ४ अरनिको राजमार्गको दायाँबायाँ सफा, सुन्दर तथा व्यवस्थित सडक पेटी बनाउने ।
➤ धुलिखेलको पुरानो बजार हामी धुलिखेलबासीको साँस्कृतिक धरोहर तथा पुरातात्विक सम्पदा भएकोले पुरानो बजार एरियालाई सफा, सुघ्घर बनाई पर्यटनीय ब्यापार केन्द्रको रुपमा विकास गर्ने ।

➤ बालबालिकाका र बृद्धबृद्धाको स्वास्थ्यलाई ध्यानमा राखी महिनाको १ पटक हरेक वडामा घुम्ति स्वास्थ्य सेवा उपलव्ध गराउने ।
➤ व्यवसायिक शिक्षा प्रदान गर्ने ।
➤ दक्ष, तालीम प्राप्त जनशक्ति उत्पादन गर्ने ।
➤ पर्यटन व्यवसायमा लगाएको दोहोरो तथा तेहोरो कर खारेज गरी पर्यटन व्यवसायी र पर्यटन विज्ञको सल्लाहमा नयाँ कर नीति लागू गरिनेछ । पर्यटन व्यवसायीलाई उद्योग व्यवसागी सरह शुलभ विजुली उपलब्ध गराउन पहल गर्ने ।
➤ होटल व्यवसायीलाई पर्याप्त पानी उपलब्ध गराउने ।

➤ बोटानिकल गार्डेन निर्माण गर्ने ।
➤ सडक तथा कृषि सडक गुणस्तरीय बनाउने ।
➤ एकीकृत खानेपानीको विस्तार गरी खानेपानीको पूर्ण व्यवस्था गर्ने ।
➤धुलिखेल तल्लो टतीय क्षेत्रमा जलाशय निर्माण गरी सिंचाई तथा माछापालन गर्ने ।
➤ कृषि उत्पादनलाई सुरक्षित गर्न मिनी कोल्डस्टार निर्माण गर्ने ।
➤ स्थानीय वीऊको संरक्षण गरी आयातित वीऊलाई प्रतिस्थापन गर्ने ।

➤ नमूना वस्तिहरुको निर्माण गरी छरिएका वस्तिलाई एकीकृत रुपमा विकास गरी वातावरण मैत्री तथा भुकम्प प्रतिरोधी आवास व्यवस्था गर्ने ।
➤ स्ुकुम्बासीको पूर्ण रुपमा व्यवस्थापन गर्ने ।
➤ काभ्रे, शारदा, शंखुमा रहेका सुन्तला खेतीमा परेको नकारात्मक प्रभाव हटाई नयाँ सुन्तला खेतीको विकास गर्ने र कृषकको आयआर्जन बृद्धि गर्ने व्यवस्था गर्ने ।
➤ बार्षिक एक लाख भन्दा कम आम्दानी हुने घर परिवारको लागि नगरपालिकाले स्थानीय कर पुरै मिन्हा गर्ने ।
➤ महिला तथा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी विपन्न परिवारका एकल, बृद्ध महिलाको नगरपालिकाबाट मासिक स्वास्थ्य जाँच र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने ।

➤ धुलिखेलको पुरानो बजार पौराणिक सहर तथा सास्कृतिक पुनःनिर्माण गरी त्यस्ता घरलाई नगरपालिकाले अनुदान उपलब्ध गराउने ।
➤ धुलिखेल वडा नं. ७ र ८ मा रहेको जंगललाई बोटानिकल पार्क, चिडियाखाना र ताल सहितको विश्वस्तरीय पर्यटन केन्द्र बनाउने ।
➤धुलिखेल नगरपालिकाका कृषि क्षेत्रमा तरकारी संकलन केन्द्र, कृषि उपज भण्डारण केन्द्र, वीऊ प्रशोधन केन्द्र निर्माण गरी कृषिको आधुनिकीकरण गर्ने ।
➤ कृषकहरुको उत्पादन सिधै पर्यटन केन्द्रमा पु¥याउने गरी वितरणको प्रबन्ध मिलाउने ।

धुलिखेल नगरपालिकाले विगत ५ वर्षमा व्यवस्थित र दीगो विकासको अवधारणा अगाडि सार्न नसकेको कारण धुलिखेल नगरबासीमा निरासा बडेको छ । देशका बुद्धिजीवी, विशेषज्ञको सहायतामा धुलिखेल निर्माणको नयाँ अवधारणा बनाई लागू गरिनेछ । माथि उल्लेखित प्रतिबद्धता पूरा गर्न तपाईहरुको अमूल्य मतको अपेक्षा गर्दछु ।

जय धुलिखेल ! ! !
तपाईले प्राप्त गर्नुभएको ईमेल सामाग्रीलाई प्रकाशन / प्रसारणको लागि उचित स्थान दिुनुहुन हार्दिक अनुरोध गर्दछौं ।

6915
Shares

ट्रेन्डिङ