सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आजको मौसम : बिहानैदेखि वर्षा, दिउँसाे कस्तो रहला ?

आजको मौसम : बिहानैदेखि वर्षा, दिउँसाे कस्तो रहला ?

6840
Shares
आजको मौसम :  बिहानैदेखि वर्षा, दिउँसाे कस्तो रहला ?

काठमाडौं, २३ वैशाख : बागमती र गण्डकीका केही क्षेत्रमा बिहानै वर्षा भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेकाे हाे ।

उपत्यकाकाे आकाश बदलीले ढाकेकेकाे छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेकाे छ ।दिउँसो प्रदेश १, मधेस, बागमती, गणडकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षा हुने ठानिएकाे छ ।

6840
Shares

ट्रेन्डिङ