सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०

अब आइफोनमा पनि २ सिमकार्ड

3205
Shares
अब आइफोनमा पनि २ सिमकार्ड

अहिलेसम्म एप्पलले एउटा मात्र सिमकार्ड लाग्ने आइफोन बनाउँदै आएको छ । यसले उपभोक्ताहरुको आइफोनसँग गुनासो बढिरहेको छ । उपभोक्ताको गुनासोलाई ध्यान दिँदै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने तयारीमा रहेको समाचार सार्वजनिक भएको छ ।
फोब्र्स पत्रिकाले आफ्नो एक रिपोर्टमा अमेरिका तथा चीनमा एप्पलले दुईवटा पेटेन्ट दर्ताको दाबी पेश गरेको छ । जसका आधारमा एप्पलले डुअल सिम आइफोन उत्पादन गर्ने तयारीमा जुटेको अनुमान गरिएको छ । चाइना स्टेट इन्टेलेक्चुअल प्रोपर्टी अफिसमा दर्ता गरिएको कागजातका आधारमा अनुमान गर्न सकिन्छ कि आगामी आइफोनमा डुअल सिमकार्डको फिचर हुनसक्छ । यसो भएमा अन्य धेरै स्मार्टफोनहरुमा जस्तै एउटै आइफोनमा पनि दुईवटा मोबाइल नम्बर चलाउन सकिनेछ ।
फोब्र्सका अनुसार गत मार्चमा एप्पलले पेटेन्ट दर्ताका लागि निवेदन पेश गरेको थियो र गत सेप्टेम्बरमा यो प्रकाशित भयो । यसको आविष्कारकको नाममा ली सू राखिएको छ । उनको लिक्डइन प्रोफाइलबाट परिचय खुलेको आधारमा उनी एप्पलको सेलुलर सफ्टवेयर विभागका मुख्य आर्किटेक्ट हुन् ।
चीनका साथै अमेरिकामा दर्ता गरिएको पेटेन्टको फाइलका बारेमा पनि फोब्र्सले चर्चा गरेको छ । अघिल्लो हप्तामात्रै एप्पलले अमेरिकामा समेत डुअल सिम फंक्सनालिटीको पेटेन्ट प्राप्त गरेको हो ।
यद्यपि एप्पलले यस बारेमा केही बताएको छैन र उसले भविष्यमा डुअल सिमवाला आइफोन बनाउँछ की बनाउँदैन भन्ने कुरा प्रष्ट भएको छैन । एप्पलले अहिलेसम्म आफ्ना स्मार्टफोन निश्चित टेलिकम प्रोभाइडरहरु सँग मिलेर बिक्रि गर्ने गरेको छ । यदि डुअल सिम फिचर आएमा एप्पललको ती कम्पनीहरुसँगको सम्बन्ध बिगि्रनेछ, किनकी उपभोक्ताले एउटै फोनमा अन्य कम्पनीको सिमकार्ड पनि हाल्दछन् । त्यसैले कुनै निश्चित बजारमा मात्रै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने सम्भावना प्रवल छ । एजेन्सी

3205
Shares

ट्रेन्डिङ