सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एमाले कार्यकर्तामाथि काँग्रेसको आक्रमण,एक जना गम्भिर घाईते

एमाले कार्यकर्तामाथि काँग्रेसको आक्रमण,एक जना गम्भिर घाईते

5695
Shares
एमाले कार्यकर्तामाथि काँग्रेसको आक्रमण,एक जना गम्भिर घाईते

माओबादी केन्द्रको भातृ संगठन वाईसिल र काङ्ग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ताको आक्रमणबाट एमालेका कार्यकर्ता महेन्द्र बिक घाइते भएका छन ।

चितवनको कालिका-३, शान्ति टोल, पदमपुर निवासी ३४ वर्षिय बिकलाई गए राती ११ बजे फोन गरि घरबाट बोलाएर आक्रमण गरेको बताईएको छ। घरबाट बोलाएर २ सय मिटर पर लगि १५-१६ जनाको समुहले बोत्तल तथा सीसाले टाउकोमा हानेको स्थानियले बताएका छन ।

एमालेको भातृ संगठन युवा संघका नगर सदस्य समेत रहेका बिकको अहिले गम्भीर अबस्थामा भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको नेकपा एमाले कालिका-३ का पार्टी अध्यक्ष हरिप्रसाद अधिकारीले जानकारी दिए । बिकको टाउकोमा गम्भीर चोट लागेको छ ।
आक्रमणमा नवराज घलान, राजु भुलुन, हेमलाल घलान, बसन्त वाईवा संलग्न रहेको स्थानियले आरोप लगाएका छन ।

यस अगाडी पनि नवराज घलान एमाले जिल्ला कमिटी सदस्य ऋषिराम मरहठ्ठालाई आक्रमण गरि प्रहरी हिरासतमा परेका थिए । उनी करिब १ महिना अगाडि धरौटी जमानतमा छुटेका थिए ।

 

5695
Shares

ट्रेन्डिङ