सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा भोलीदेखि ६ दिन मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

काभ्रेमा भोलीदेखि ६ दिन मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

10745
Shares
काभ्रेमा भोलीदेखि ६ दिन मादक पदार्थ बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेले भोलीदेखि ६ दिन मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ । निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो ।

यही वैशाख २६ गते अर्थात भोलीदेखि ३१ गतेसम्म मादक पदार्थको बिक्री वितरण तथा सेवन गर्न नपाइने सहायकप्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले बताए ।

मादक पदार्थ बिक्री वितरण तथा सेवन निषेध गरिएकोले उक्त कार्यलाई बेवास्तागरि बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काभ्रे ले जनाएको छ ।

 

10745
Shares

ट्रेन्डिङ