सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • शिव परियारको रोमान्टिक गीत फुलको सहर

शिव परियारको रोमान्टिक गीत फुलको सहर

8335
Shares
शिव परियारको रोमान्टिक गीत फुलको सहर

काठमाडौं। मनै लोभ्याउने सेता र गुलाबी गुराँस डाँडा भरी फुलेका छन् । बीचमा कालोपत्रे सडक, जसमा एक जोडी रोयल एनफिल्ड बाइक हुँइकाउँदै आउँदाको मनोरम दृश्यमा चर्चित यूवा संगीतकार शंकर थापा स्माइलले सिर्जेको मधुर रोमान्टिक संगीत बज्न थाल्छ । अनि लोकप्रिय गायक शिव परियारको एकल स्वरमा गीत गुन्जिन थाल्छ “फूलको सहरमा मायाको बस्ती, आऊ मिलि बसाऔं हामी..” ।

चर्चित यूवा गीतकार डिपी खनालले रचेका यो रचना वास्तवमै म्युजिक भिडियोको मनोरम दृश्यसँग मेल खाएको छ । दोलखाको भिमेश्वर नगरपालिकाको लाकुरी डाँडामा करिब १० किलोमिटर गुराँसको बाक्लो र रमाइलो जंगल छ । जहाँ यो गीतको दृश्याङ्कन गरिएको छ ।

चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय चलचित्र नगरी आयोजना निर्माण गर्न लागेको उक्त स्थान पुग्न काठमाडौंबाट करिब ४ घण्टा लाग्छ । लण्डनमा बसोबास गरिरहेका रियल जोडी आस्तिक कँडेल र रीमा कँडेलले अभिनय गरेको म्यूजिक भिडियो हालै डस म्युजिक नेपालमार्फत सार्वजनिक भएको छ ।

भिमेश्वरको लाकुरी डाँडा, मुडेको खरिढुंगा, दोलालघाट, पाँचखालको आँप बगान लगायतका मनोरम स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोका निर्देशक सुव्रत आचार्य हुन् ।

जया शर्मा क्रियटिभ निर्देशक रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । विश्व अधिकारीले संगीत संयोजन, अशोक महर्जनले अडियो मिक्सिङ गरेको गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।

8335
Shares

ट्रेन्डिङ