सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विद्युतिय काँचको पर्दामा इन्द्रधनुष उतार्ने प्रयासस्वरुप सबैको समाचार सातौँ वर्षमा

विद्युतिय काँचको पर्दामा इन्द्रधनुष उतार्ने प्रयासस्वरुप सबैको समाचार सातौँ वर्षमा

6165
Shares
विद्युतिय काँचको पर्दामा इन्द्रधनुष उतार्ने प्रयासस्वरुप सबैको समाचार सातौँ वर्षमा

आजबाट हामी स्थापनाको ७ औँ वर्षमा प्रवेश गरेका छौँ । नमोबुद्ध मिडिया प्रा.लिद्धारा सञ्चालित सबैको समाचार डटकमले स्थापनाको छैठौँँ वसन्त पार गरेको छ । विद्युतिय काँचको पर्दामा इन्द्रधनुष उतार्ने प्रयास स्वरुप २०७३ सालमा सबैको समाचार डटकमको शुरुवात भएको हो ।

काभ्रेपलान्चोक जिल्लामा रहेर हामीले अनलाईन संचालन गर्दै गर्दा जम्मा तीन ओटा अनलाईन मात्रै खुलेका थिए । ती पनि गुमनाम जस्तै अवस्थामा थिए । खासै समाचारहरु अपडेट थिएनन् । जब हामीले सबैको समाचार डट कम सुरुवात गर्यौँ,तब काभ्रेमा अनलाईन न्यूज पोर्टल खोल्ने क्रमले तिब्ररुप लियो ।

सिमित स्रोत र साधन असिमित समस्या अनि अनगिन्ती अभावका बिच आफुलाई स्थापित गराउन नमोबुद्ध मिडिया प्रा.लिद्धारा सञ्चालित सबैको समाचार डटकमका लागि पक्कै पनि सहज थिएन ।

अनगिन्ती चुनौति,धम्की र समस्याहरुको सामना गर्दै बिगत ७ बर्षदेखि यो यात्रा निरन्तर अघि बढिरहेको छ । सात वर्ष अघि आजकै दिन सबैको समाचार न्यूज पोर्टलको स्थापना भएको थियो । त्यसपछिका यात्रामा रहेक चुनौतीको सामना गर्दै नहडबडाइ सत्य,तथ्य,निष्पक्ष र पारदर्शी सूचना प्रवाहमा हामी कहिल्यै कतै पनि बिचलित भएनौँ र आगामी दिनमा पनि हुनेछैनौँ ।

जतिजति संकट र समस्याले हामीलाई चुनौती दिन्छ त्यति नै हामी आफुलाई थप जिम्मेवारी थपिएको महशुस गछौँ र आफुलाई थप जिम्मेवार बनाउँदै आफनो कामप्रति कटिबद्ध भएर लाग्यौँ र लाग्नेछौँ ।

त्यसैले होला पाठकहरुले हामीलाई बिश्वास गर्नुभएको छ । पाठक र शुभचिन्तकहरुको त्यहि बिश्वासलाई कायम राख्दै अघि बढ्न हामी निरन्तर प्रयत्न गरिरहेका छौँ । पत्रकार र पत्रकारिताका मूल्य र मान्यतासँग बिषम परिस्थितिमा समेत सम्झौता नगरी हरेक क्षेत्रका स्वस्थ र सन्तुलित समाचार पाठकहरुका उद्धेश्य र रुचि अनुसार पस्किने हाम्रो प्रयास सदा सर्वदा रहने छ ।

राज्यले पत्रकारितालाई चौथो अंगका रुपमा परिभाषित गरेको छ । पत्रकारिता समाजको ऐना हो । त्यसैले पनि भन्ने गरिन्छ पत्रकारिता स्वतन्त्र,निष्पक्ष र पारदर्शी हुनुपर्छ ।

समाजका सत्य तथ्य कुरा ऐनामा जस्तै छर्रलंग पार्नु पत्रकारिताको धर्म हो । तर पछिल्लो समय एकाध बाहेक पत्रकारिताको पारदर्शिता र निष्पक्षतामा अविश्वास उत्तिकै बढ्दै गएको छ । केही गलत स्वार्थ बोकेका ब्यक्तिहरुले मिडिया सञ्चालन गरेका छन् ।

जसको फलस्वरुपः यसको उपयोगितामा ह्रास आएको छ , जसलेगर्दा पाठकले सत्य तथ्य समाचार र सूचनाबाट बञ्चित हुन र सीमित स्वार्थका सूचना ग्रहण गर्न बाध्य भएका छन् ।

स्वतन्त्रता, न्याय र सदाचारका लागि नेपाली पत्रकारिता कहिल्यै पछि हट्ने छैन । राज्यको हरेक शासन ब्यबस्था सँगै आफुलाई झन शसक्त र दर्बिलो बनाउदै गएको सिंगो नेपाली पत्रकारिता जगतले खेलेको भुमिका अतुलनिय छ ।

प्रविधिको विकाससंगै अहिले सञ्चार क्षेत्रले ठुलो फड्को मारिसकेको छ । छापामाध्यायम, रेडियो, टेलिभिजन हुँदै अनलाईन माध्यमको पत्रकारिता सम्म हामी आइपुगेका छौँ । जब प्रविधिको उपयोग बढ्दै गयो तब डिजिटल पत्रकारिता हावी हुँदै गएको अबस्था छ ।

सामाजिक सञ्जालको गलत प्रयोगका कारण अनलाईन पत्रकारितालाई शतप्रतिशत बिश्वास गरिनसकेको अबस्था भएपनि पत्रकारिताको ट्रेण्ड भने अबश्य फेरिएको छ ।

सामान्य सुचनाका लागि महिना, हप्ता र दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्दै डिजिटल पत्रकारिताले क्षणभरमै विश्वलाई एक क्लिकमा जोडन सफल भएको छ । बस यसको सदुपयोग गर्न जान्नुपर्छ ।

अनलाईन वा इन्टरनेट सञ्चार भन्नाले कम्प्युटर र फोनको माध्यमद्वारा गरिने सन्देश सम्प्रेषण भन्ने बुझ्नुपर्छ । अनलाईन सञ्चारमा कम्प्युटर टेलिफोन लाईन वा इन्टरनेट लाईनका साथै विद्युतीय उर्जाको पनि अनिवार्य भूमिका रहन्छ ।

विश्वका विकसित मुलुकहरूले अनलाईन पत्रकारितालाई उच्च महत्व दिएर यस सम्बन्धी कानुनको व्यवस्था समेत गरेका छन् । त्यस अनुसार यसले विकासको गति समातेको छ । पत्रकारीतामा सबैभन्दा कान्छो विधाको रूपमा अनलाईनको विकास भएको भएपनि यसको लोकप्रियता बढ्दो छ।

छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यम छापा, रेडियो र टेलिभिजनलाई चुनौति दिन सक्षम भइसकेको छ। विस्तारै परम्परागत मिडियाहरू अहिले पूर्ण रूपमा अनलाईनमा निर्भर बन्दै जानु तथा नेपालमै पनि परम्परागत सञ्चार माध्यमको तुलनामा अनलाईन पत्रकारीताको विकास र विस्तार तिव्र गतिमा भइरहेको छ।

नेपाली पत्रकारिताको बिकास सँगै डिजिटल युगमा प्रबेश गरिसकेको अबस्थामा काभ्रे जिल्लाबाट ७ बर्षअघि नमोबुद्ध मिडिया प्रा.लिद्धारा सञ्चालित सबैको समाचार डटकमले आफ्नो यात्रा प्रारम्भ गरेको थियो ।

देश तथा विश्वमा भएका हरेक घटनाक्रमका बारेमा छिटो, छरितो र ताजा जानकारी दिँदै सकारात्मक परिवर्तनका लागि विचार र विवेचनाको संवाहक बन्नु सबैको समाचारको मुख्य ध्येय हो ।

“तपाईँ हामी सबैलाई समेट्ने सबैको समाचार” स्लोगनलाई आत्मासाथ गर्दै अघि बढेका हामीले सबैलाई समेटेर अगाडी बढ्ने प्रयास निरन्तर गरिरहेका छौँ ।

अन्त्यमा यो हाम्रो सफलताको पहिलो श्रेय हाम्रा पाठक र शुचचिन्तक र बिज्ञापनदाताहरुलाई जान्छ । उहाँहरुको साथ, सहयोग, सल्लाह र सुझाव प्राप्त नभएको भए हाम्रो यात्रामा देखिएका विभिन्न समस्याहरुका दोबाटोमै अलमल्नि पनि सक्थ्यौँ ।

तरपनि उहाँहरुको साथ र सहयोग निरन्तर पाइरह्यौँ । जसका कारण आज हामीले यो उचाई छुन पाएका छौँ । यो यात्रामा साथ दिने सम्पूर्ण सहकर्मीहरुप्रति सदा ऋणी रहेने छौँ ।

तपाईँहरुको सुझाव र प्रतिक्रियालाई मनन गर्दै आफुलाई थप परिष्कृत गर्दै लैजाने कुरामा हामी कहिल्यै सम्झौता गर्नेछैनौँ । आगामी दिनमा पनि यो साथ, सहयोग र हौसलाको अपेक्षा गर्दछौँ ।

6165
Shares

ट्रेन्डिङ