सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ‘भुम्लुमा गठबन्धनको साझा उम्मेदवार प्रेम र म विजयी हुने निश्चित छ ’ : दावा लामा

‘भुम्लुमा गठबन्धनको साझा उम्मेदवार प्रेम र म विजयी हुने निश्चित छ ’ : दावा लामा

5945
Shares
‘भुम्लुमा गठबन्धनको साझा उम्मेदवार प्रेम र म विजयी हुने निश्चित छ ’ :  दावा लामा

काभ्रे : स्थानीय निर्वाचन नजिकिएको छ । आगामी बैशा ३० गते निर्वाचन हुदै छ । त्यस स्थानीय तह निर्वाचनमा भूम्लु गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र) बाट प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसबाट जितेन्द्रमान लामा (दावा) उम्मेदवार बनेका छन् । उपाध्यक्षका उम्मेदवार दावा लामाले गठबन्धनको जित सुनिश्चत भएको बताएका छन् ।

‘भुम्लुमा गठबन्धनको साझा उम्मेदवार प्रेम सर र म विजयी हुने निश्चित छ ।’ दावा लामाले भने, ‘भुम्लु गाउँपालिकाको दशै वडामा गठबन्धनको जित सुनिश्चित छ । ढुक्क भए हुन्छ ।’

विकास निर्माणको काममा भष्टाचार गर्नका लागि आफ्नो इष्टमित्र र आफ्ना घरपरिवारको डोजर प्रयोग गर्ने लगायतको हर्कत जनताले थाहा भएको लामाले बताएका छन् । त्यसै कारण पनि गठबन्धनको जित सुनिश्चित रहेको उनले बताएका छन् ।

‘यहाँका जनताले पनि बुझेको छ । हिजोको एमालेबाट विजयी भएका जनप्रतिनिधिहरूले वडा वडामा भ्रष्टाचार गरेको छ । हिजोका अध्यक्षले गरेको ठेक्कापट्टाका भष्टाचारहरू जनताले बुझेका छन् जानेका छन् ।’

लामाले भने, ‘त्यसकारण पनि हाम्रो जीत सुनिश्चित छ जनताको घर आँगनमा जाँदा हामीले त्यही पाएका छौँ ।’ प्रतिगमन विरुद्धको लडाई भएकाले पनि हाम्रो जित सुनिश्चित भएको उनले बताएका छन् ।

जनताले पनि प्रतिगमनकारी र प्रतिगमनको बिरुद्धमा उभिएका पार्टीलाई जनताले राम्रोसँग चिनेका छन् । प्रतिगमनकारीलाई निस्तेज पार्नको लागि जनतार आतुर भएको पाएको लामाले बताए ।

लामा भुम्लुली जनताको मनमुटुमा बस्न सफल व्यक्तित्व हुन् । उनी भुम्लुको जनताको सेवामा उभिरहने व्यक्ति हुन् । समाज सेवामा खटिने युवा हुन् । भुम्लुको विकासमा प्रत्यक्ष वा अप्रत्यक्ष सामेल भईरहने युवा हुन् ।

भुम्लुली जनताको शुःख दुःखमा साथ रहेको छ । त्यसकारण भुम्लुली मतदाताले मतदान गरेर विजयी गराउन आतुर छन् । जस्तो सुकै कठिनाई भुकम्प होस वा कोरोना महामारीमा होस स्थानीय सरकार सुतीरहेको अवस्थामा पनि राहतका सामग्री लिएर टोल टोलमा पुग्ने व्यक्ति हुन् लामा ।

5945
Shares

ट्रेन्डिङ