• होमपेज
  • अब लाइसेन्स लिन एकान्तकुना जानु नपर्ने

अब लाइसेन्स लिन एकान्तकुना जानु नपर्ने

अब लाइसेन्स लिन एकान्तकुना जानु नपर्ने

अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्तिका लागि एकान्तकुना नै धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
यातायात व्यवस्था विभागले एकसाताअघि मात्रै लाइसेन्स लिनको लागि अनलाइन आवेदन खुला संग संगै काठमाडौं स्वयम्भुको ठुलोर्भयाङ स्थित यातायात व्यवस्था विभागको नयाँ लाइसेन्स वितरण गर्ने कार्यालय पनि सुरु गर्ने भएको छ ।
सवारी लाइसेन्सलाई व्यवस्थित बनाउनको लागि विभागले लामो समयसम्म लाइसेन्सको आवेदन बन्द गर्दा सेवाहीग्राहीहरुको सख्या अध्याधिक भएसँगै काठमाडौंको एकान्तकुनामा रहेको एकमात्र कार्यालयले धान्नै नसक्ने भएपछि यसको विकल्पको रुपमा ठूलोभ¥यामा यातायात व्यवस्था विभागले लाइसेन्स वितरण कार्यलाई व्यवस्थित गर्ने काठमाडौमा लाइसेन्स वितरणको लागि दोस्रो कार्यालय स्थापना गरिएको हो ।
ठूलोभर्याङ स्थित विभागले घर भाडामा लिई लाइसेन्स वितरणको काम गर्न लागेको हो । र अहिले फनिसिङ्को काम अन्तिम चरणमा पुगिसकेको साथै कार्यालयको उद्घाटन आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले उद्घाटन गर्ने कार्यक्रम रहेको विभागका निर्देशक निरञ्जन रिजालले जानकारी दिए ।
लामो समय तयारी गरेको विभागले आइतबार उद्घाटन गर्ने ठूलोभर्याङ कार्यालय संचालन पछि विभागको एकान्तकुनामा रहेको लाइसेन्स वितरणमा भएको सर्वसाधरणको भिड आधा हुने अनुमान गरिएको छ । विभागले सवारीको कर तिर्ने व्यवस्थालाई काठमाडौं, भक्तपुर र ललितपुरमा नयाँ भिन्न भिन्न शाखा खोली व्यवस्थित गरेसँगै लाइसेन्स वितरण गर्ने कार्यलाई पनि त्यही अनुरुप लैजाने देखिन्छ ।
ठूलोभर्याङ स्थित कार्यालयमा सुरुमा आफ्नो ट्रायल सेन्टर नभएकोले सुरुवातमा लाइसेन्स नविकरण र लाइसेन्सको अनलाइन आवेदन फारमहरु बुझ्ने काम गर्ने र केही दिनमै निजी ट्रायल सेन्टर भाडामा लिएर काम अगाडि बढाउने विभागका निर्देशक निरञ्जन रिजालले बताए ।
विभागको ठूलोभर्याङ स्थित लाइसेन्स वितरण कार्यालय सञ्चालनसँगै भक्तपुरको सल्लाघारी र काठमाडौंकै चावहिलमा पनि लाइसेन्स वितरण गर्ने कार्यालय खोल्नको निमित्त दु्रत गतिमा काम भइरहेको र अबको छोटो अवधिमै ति कार्यालयहरुबाट पनि सेवा सुचारु हुने स्रोतको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका