सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बांगलादेशमा पाँच सय ६० पोर्न वेबसाइटहरू बन्द

बांगलादेशमा पाँच सय ६० पोर्न वेबसाइटहरू बन्द

8275
Shares
बांगलादेशमा पाँच सय ६० पोर्न वेबसाइटहरू बन्द

बांगलादेशले ५ सयभन्दा बढी पोर्न वेबसाइटहरू आफ्नो देशमा ब्लक गरेको छ । युवा पुस्ता र बालबालिकाहरूमा त्यसले नकारात्मक सन्देश दिन थालेपछि पोर्न वेबसाइटहरू बन्द गर्न बाध्यकारी कदम उठाएको जनाइएको छ ।
बांग्लादेश दूरसञ्चार विनियामक आयोग (बीटीआरसी)ले पोर्न वेबसाइटहरूले बच्चाहरूमा कुप्रभाव परेकाले स्थानीय इन्टरनेट सेवा दिने कम्पनीहरूलाई त्यस्ता वेबसाइटहरूमा प्रतिबन्धको आदेश दिएको हो ।
बीटीआरसी प्रवक्ता सरवर आलमले भनेका छन्, ‘पोर्नोग्राफीको कुप्रभावबाट युवा र बच्चाहरूलाई बचाउन पोर्न वेबसाइटहरू बन्द गरिएको हो ।’
आलमका अनुसार ५ सय ६० पोर्न वेबसाइटहरूको सूची बनाएर इन्टरनेट सेवा दिने कम्पनीहरूलाई बन्द गर्नका लागि पठाइएको छ । – एजेन्सी

8275
Shares

ट्रेन्डिङ