सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा झडपः कतै पुनःमतदान सुरु,कतै अन्योल

काभ्रेमा झडपः कतै पुनःमतदान सुरु,कतै अन्योल

4765
Shares
काभ्रेमा झडपः कतै पुनःमतदान सुरु,कतै अन्योल

काभ्रेका केहि स्थानमा रोकिएको मतदान प्रक्रिया पुनः सुरु भएको छ ।

जिल्लाको ४ मतदान केन्द्रमा आज तोडफोड र झडप भएको थियो । चौंरीदेउराली गाउँपालिका ६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका १३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका ७ को भुमेश्वोर मावि केन्द्र र तेमाल ९ कुशेश्वोर मावि केन्द्रमा तत्कालका लागि मतदान स्थगित भएको थियो।

चौंरीदेउराली गाउँपालिका ६ को प्रभा मावि केन्द्रमा मतदान अधिकृतले इच्छाइएको व्यक्तिले भनेको भन्दा फरक पार्टीमा मत हालिदिए पछि भएको विवादले खाली मतपेटिका नै तोडफोड भएको थियो।

त्यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ को भुमेश्वोर मावि मतदान केन्द्रमा पनि इच्छाइएको व्यक्तिलाई भोट हाल्न लगाउने विषयमा विवाद हुँदा प्रहरीले एक राउन्ड हवाइ फायर गरेको थियो ।

त्यस्तै तेमाल ९ को कुशेश्वोर मावि केन्द्रमा अशक्तको भोट हाल्ने कुरामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रतिनिधि बीचको विवादका कारण मतदान स्थगित भएको थियो। यी सबै ठाउँमा मतदान पुनः सुरु भएको छ ।

यता पाँचखाल नगरपालिका १३ मा रहेको सीता मावि मतदान केन्द्रमा मतदान अधिकृतले एमालेको एक व्यक्तिलाई ३(४ वटा मतपत्र दिएको भन्दै गठबन्धनका दलहरुले विरोध गरेपछि मतदान स्थगित भएको छ ।

विवाद बढ्दै जाँदा आक्रोशित भिडले मतदानका लागि प्रयोग गरिएको फर्निचर तोडफोड गरेको थियो । त्यहाँ अहिलेसम्म मतदान सुरु भएको छैन ।

4765
Shares

ट्रेन्डिङ