सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेलमा मतदान सकियो,नेताको भविष्य बाकसमा

काभ्रेको धुलिखेलमा मतदान सकियो,नेताको भविष्य बाकसमा

10765
Shares
काभ्रेको धुलिखेलमा मतदान सकियो,नेताको भविष्य बाकसमा

काभ्रेको धुलिखेल नगरपालिकामा मतदान सकिएको छ ।

६ नगरपालिका र ७ वटा गाउँपालिका रहेको जिल्लामा धुलिखेलको १२ वटै वडामा मतदान सकिएको हो । जम्मा मतदाता २५हजार ४ सय ७० रहेकोमा १९ हजार ८ सय ३८ मत खसेको छ ।

१ हजार ६०१ कुल मतदाता रहेको वडा नम्वर नं १ मा १ हजार २ सय ६९ मत खसेको छ । त्यस्तै २ हजार १ सय ८६ मतदाता रहेको वडा नं २ मा १ हजार ७ सय५६, कुल मतदाता १ हजार ६ सय ३५ रहेको वडा नम्वर ३ मा १ हजार २ सय ८६ मत कुल मत १ हजार ७ सय ८८ रहेको वडा नम्वर ४ मा १ हजार ४ सय ३० मत खसेको छ ।

त्यस्तै कुल मत १ हजार ५ सय ४६ रहेको वडा नम्वर ५ मा १ हजार २ सय ५७ खसेको मत,कुल मतदाता २हजार २ सय २९ रहेको वडा नम्वर ६ मा १ हजार ६सय ९५ मत, कुल मत २ हजार ४ सय २३ रहेको वडा नम्वर ७ मा १ हजार ८ सय ४९मत,कुल मत २ हजार ६सय५ रहेको वडा नम्वर ८ मा १ हजार ९ सय ९८ मत खसेको छ ।

त्यसैगरी कुल मत २ हजार ५ सय ६६ रहेको वडा नम्वर ९ मा २हजार ४० मत, कुल मत १ हजार २ सय ९८ रहेको वडा नम्वर १० मा १हजार ३०मत, कुल मत ३ हजार २ सय ५७ रहेको वडा नम्वर ११ मा २ हजार ४६८ मत र कुल मत २ हजार ३ सय ३६ रहेको वडा नम्वर १२ मा १ हजार ७ सय ६० मत खसेको छ ।

आजैबाट मत गणना थालिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मत गणना सकिएपछि स्थानीय तहले नयाँ नेतृत्व पाउने छ ।

यो स्थानीय तह चुनावमा दशैभरबाट कुल १ लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्। कुल उम्मेदवारमध्ये ८९ हजार ३१३ पुरुष रहेका छन् भने ५५ हजार ६९८ महिला उम्मेदवार रहेका छन्। हालसम्म ३९० उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
मत

10765
Shares

ट्रेन्डिङ