सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको बनेपामा एमालेकाे सुरुवाती अग्रता, कसले कति ल्याए मत ?

काभ्रेको बनेपामा एमालेकाे सुरुवाती अग्रता, कसले कति ल्याए मत ?

24445
Shares
काभ्रेको बनेपामा एमालेकाे सुरुवाती अग्रता, कसले कति ल्याए मत ?

काभ्रेको बनेपा नगरपालिकामा मत गणना जारी छ । वडा नं १ बाट मतगणना सुरु भएको हो ।

अहिलेसम्म ५ सय ४३ गन्दा मेयरमा एमालेले अग्रता बनाएको छ । जसमा एमालेका रत्नकुश रञ्जितकारले २ सय ६२ मत प्राप्त गरेका छन् । मेयरमा गठबन्धनबाट काँग्रेसका शान्तीरत्न शाक्यले २ सय ८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा एमालेका बिमला सापकोटाले २ सय ५९ र गठबन्धनन तर्फका नेकपा एकिकृत समाजबादीका रघुबर चौप्रधानले १ सय ६८ मत प्राप्त गरेका छन् ।
वडा अध्यक्षमा एमाले तर्फका उम्मेरदवारले २ सय ५० र नेपाली काँग्रेसका उम्मेरदवारले २ सय २६ मत प्राप्त गरेका छन् । मत गणना आज बिहानबाट सुरु भएको हो ।

24445
Shares

ट्रेन्डिङ