सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको बेथानचोकमा कांग्रेसको अग्रता

काभ्रेको बेथानचोकमा कांग्रेसको अग्रता

15290
Shares
काभ्रेको बेथानचोकमा कांग्रेसको अग्रता

काभ्रेको बेथानचोक गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । केहिबेर अघि सवैदलिय बैठक बसेर मत गणना सुरु भएको हो ।

वडा नं १ बाट सुरु भएको मतगणनामा पालिका अध्यक्षमा गठबन्धन तर्फका उम्मेरदवार कांग्रेसका भगवान अधिकारीले १ सय ५० मत ल्याएर सुरुवाती अग्रता बनाएका छन् । त्यसै एमालेका पालिका अध्यक्ष उम्मेरदवार कमल प्रसाद तिमल्सिनाले १ सय २३ मत पाएका छन् ।

यता पालिका उपाध्यक्षमा गठबन्धन तर्फका उम्मेरदवार माओवादीका तारा राना तिमल्सिनाले १सय २१ र एमालेका सरला लामिछाने केसीले १ सय २६ मत पाएका छन् । वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेरदवार मधुसूदन तिमल्सिनाले १ सय ३१ र एमालेका डन्ड प्रसाद तिमल्सिना १५९ मत पाएका छन् । मत गणना जारी छ ।

15290
Shares

ट्रेन्डिङ