सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको मण्डनमा काँग्रेसको विजयी सुरुवात,वडा नं २ मा काँग्रेसको प्यानलनै विजयी

काभ्रेको मण्डनमा काँग्रेसको विजयी सुरुवात,वडा नं २ मा काँग्रेसको प्यानलनै विजयी

8985
Shares
काभ्रेको मण्डनमा काँग्रेसको विजयी सुरुवात,वडा नं २ मा काँग्रेसको प्यानलनै विजयी

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा पनि नेपाली काँग्रेसले जितको विजयी सुरुवात गरेको छ । मण्डनदेउपुर नगरपालिका वडा नं २ को वडा अध्यक्ष सहित वडा सदस्यमा काँग्रेसले जीत हात पारेको हो ।

मण्डनदेउपुरमा हाल वडा नम्बर १ र २ मा गणना भइरहेको मध्ये प्राप्त पछिल्लो मत परिणाम अनुसार वडा नम्बर २ मा कांग्रेसबाट राजकुमार मल्लको टिमले जित हात पारेको हो। यसको औपचारिक घोषणा हुन बाँकी छ ।

यस्तै वडा नम्बर १ को गणना जारी छ । वडा नं १ को १ हजार ९ सय ७८ मध्ये १ हजार ८०० मत गन्दा वडाध्यक्षमा एमालेले अग्रता बनाएको छ । जसमा एमालेले ५ सय ७४ र कांग्रेसले ५ सय ५५ मत पाएका छन् । मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टोकबहादुर वाइवा अगाडि छन् । उनलाई एमालेका विदुर सापकोटाले पछ्याइरहेका छन्।

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले अग्रता कायम गरेका छन् । एमालेकी सरिता ढकालले उनलाई पछ्याइरहेकी छिन् ।

8985
Shares

ट्रेन्डिङ