सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा २१ वटा वडाको मत परिणाम सार्वजनिक, कुन वडामा कस्को जित ?

काभ्रेमा २१ वटा वडाको मत परिणाम सार्वजनिक, कुन वडामा कस्को जित ?

95550
Shares
काभ्रेमा २१ वटा वडाको मत परिणाम सार्वजनिक, कुन वडामा कस्को जित ?

काभ्रेका १३५ वटा वडा मध्य आज साँझसम्म २१ वटा वडाको नतिजा सार्वजनिक भएको छ ।

हालसम्म नेकपा एमाले सबैभन्दा बढी वडामा विजयी भएका छन् । एमालेलाई काँग्रेसले पछ्याइरहेको छ । साँझ ६ बजेसम्मको नतिजा अनुसार एमाले नौ वटा वडामा, आठ वटा वडामा नेपाली काँग्रेस, तीन वटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा विजयी भएका हुन् ।

एमाले बनेपा नगरपालिका १ ,धुलिखेल नगरपालिका २ र ३, मण्डनदेउपुर नगरपालिका १, रोशी गाउँपालिका १ र चौरीदेउराली गाउँपालिका २ मा विजयी भएको हो । भुम्लु गाउँपालिका ३ र ४,र पनौती नगपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा पनि एमाले विजयी भएको छ ।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवारले धुलिखेल नगरपालिका १,बेथानचोक गाउँपालिका १, भुम्लु गाउँपालिका २, महाभारत गाउँपालिका २, चौरीदेउराली गाउँपालिका १, मण्डनदेउपुर नगरपालिका २, बनेपा नगरपालिका २ र खानीखोला गाउँपालिका( मा विजयी भएका छन् ।

यस्तै, नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्लाको खानीखोला, महाभारत र भुम्लु गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा विजयी भएका छन् भने जिल्लाको नमोबुद्ध नगरपालिका १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । जिल्लाका पाँचखाल नगरपालिका बाहेकका अन्य वडामा मत गणना जारी छ ।

95550
Shares

ट्रेन्डिङ