सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेको धुलिखेलको मेयरमा अशोक र बिदुरको कडा भिडन्त, गठबन्धन कोल्याप्स

काभ्रेको धुलिखेलको मेयरमा अशोक र बिदुरको कडा भिडन्त, गठबन्धन कोल्याप्स

44445
Shares
काभ्रेको धुलिखेलको मेयरमा अशोक र बिदुरको कडा भिडन्त, गठबन्धन कोल्याप्स

काभ्रेको धुलिखेल नगरपालिकामा नेकपा एमाले र स्वतन्त्र उम्मेरदवारबिच कडा प्रतिष्पर्धा भइरहेको छ । अहिलेसम्म वडा नं १,२,३ र ४ को मत परिणाम सार्वजनिक हुँदा एमालेले वडा नम्बर २ र ३ मा सिंगो प्यालन सहित जितेको छ ।

वडा नं १ र ४ मा काँग्रेसले जितेको छ। चार वटा वडाको मतपरिणम सार्वजनिक हुँदा नगर प्रमुखमा नेकपा एमालेका अशोक कुमार ब्याञ्जुले २ हजार ५ सय ४ र स्वतन्त्र उम्मेरदवार बिदुर बहादुर बस्नेतले २ हजार २ सय ६३ मत ल्याएका छन् ।

धेरै मतान्तर नहुँदा बस्नेत एमालेका लागि चुनौती बन्ने देखिएको हो । बस्नेतले अहिलेसम्म आक्रामक मत बटुलिरहनु भएको छ । नेपाली कांग्रेसको आधिकारिक मतसंगै ब्यक्तिगत मत समेत बस्नेतको पक्षमा खसेपछि सोचेभन्दा फरक परिणाम आउनेमा एमालेभित्र चिन्ता सुरू भएको छ ।

एमालेले सबैभन्दा बढी आश गरेको वडा नम्बर ५, ६ र ७ मा यदि कलम चिन्हले राम्रो भोट काटेको खण्डमा बस्नेतको जितलाई कसैले नकार्न नसक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ ।

यता गठबन्धन तर्फका नेकपा (एकीकृत समाजवादी) का मेयर पदका उम्मेद्ववार लगभग प्रतिस्पर्धाबाट बाहिरिएका छन । नेकपा (एकीकृत समाजवादी) का दयासागर श्रेष्ठले अहिलेसम्म १ सय ९६ मत हात पारेका छन् ।

योसंगै धुलिखेल नगरमा गठबन्धन कोल्याप्स हुने देखिएको छ । अहिलेसम्मको मतपरिणामको आधारमा पनि नेकपा एसले जित्ने छाँटकाँट देखिएको छैन ।

44445
Shares

ट्रेन्डिङ