सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेल-४ मा कांग्रेसको सानदार जित, जेब्रालाई उत्साहित मत

धुलिखेल-४ मा कांग्रेसको सानदार जित, जेब्रालाई उत्साहित मत

7365
Shares
धुलिखेल-४ मा कांग्रेसको सानदार जित, जेब्रालाई उत्साहित मत

काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेस विजयी भएको छ ।

अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेद्ववार उत्तम तिमल्सिनाले एमालेका उम्मेद्वार कमल बहादुर रायलाई ९४ मतले पछि पार्दै विजयी हुनुभएको हो । उत्तम तिमल्सिनाले ६९९ मत पाउँदा कमल बहादुर रायले ६०५ मत प्राप्त गर्नुभएको छ ।

धुलिखेल ४ मा १ हजार ४३० मत गणना गर्दा मेयरमा अशोक कुमार ब्याञ्जु श्रेष्ठले ५२९ र विदुर बस्नेतले ६८४ मत पाउनु भएको छ । जस मतान्तर १५५ छ ।उपमेयरमा लालतारा अधिकारीले ४७९ मत र निराजन जङ्गमले ६३६ मत प्राप्त गर्नुभएको छ । मतान्तर १५७ रहेको छ ।

 

7365
Shares

ट्रेन्डिङ