सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेको पाँचखालमा भोलि सवारी साधन नचल्ने

काभ्रेको पाँचखालमा भोलि सवारी साधन नचल्ने

10305
Shares
काभ्रेको पाँचखालमा भोलि सवारी साधन नचल्ने

काभ्रेको पाँचखाल नगरपालिकामा भोली मंगलबार सवारी साधन बन्द हुने भएको छ । गत बैशाख ३० गते स्थगित भएको स्थानीय तह निर्वाच भोेली हुने भएकाले पास लिएका बाहेक सवारी संचालनमा रोक लगाइएको हो ।

निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित बातावरणमा सम्पन्न गराउन भोली बिहान ७ बजेदेखी मतदान प्रक्रिया नसकेसम्म सवारी संचालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

पाँचखाल नगरपालिका १३ को श्रीराम माध्यामिक विद्यालय कोशीदेखामा निर्वाचनको दिन विवाद हुँदा मतदान स्थगित गरिएको थियो । अन्य वडामा भने मतदान भइसकेको छ ।

उक्त पालिकाको मतदान भइसकेका वडाको मतगणना भने भएको छैन् । भोलीको मतदान सम्पन्न भएपछि मात्रै मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

10305
Shares

ट्रेन्डिङ