सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेल ७ मा राप्रपाको अग्रता

धुलिखेल ७ मा राप्रपाको अग्रता

10620
Shares
धुलिखेल ७ मा राप्रपाको अग्रता

काभ्रेको धुलिखेल नगरपालिका ७ मा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ । जारी मत गणनामा वडा अध्यक्षका लागि राप्रपाका रोमी प्रसाद श्रेष्ठले अग्रता लिएका हुन् ।

वडामा खसेको कुल मत मध्ये १ हजार ३७ मत गणना हुँदा राप्रपाका श्रेष्ठ४ सय ८० मत ल्याउदै अगाडी भएका हुन् । यसअघिको स्थानीय तह निर्वाचनमा पनि उनलेनै वडाअध्यक्ष जितेका थिए ।

नेपाली काँग्रेसले २ सय ८५ मत प्राप्त गर्दा नेकपा एमालेले १ सय ८५ प्राप्त गरेको छ । वडा अध्यक्षमा राप्रपाले अग्रता लिएपनि मेयरका लागि नेकपा एमालेले धेरै मत ल्याएको छ । एमालेका मेयर उम्मेरदवार अशोक ब्याञ्जुले ६ सय ३६ मत ल्याउदा राप्रपाले भने ७ मत मात्रै पाएको छ ।

10620
Shares

ट्रेन्डिङ