सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको भुम्लु गाउँपालिकाले पायो नयाँ नेतृत्व,अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

काभ्रेको भुम्लु गाउँपालिकाले पायो नयाँ नेतृत्व,अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

17380
Shares
काभ्रेको भुम्लु गाउँपालिकाले पायो नयाँ नेतृत्व,अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

काभ्रेको एक गाउँपालिकाले नयाँ नेतृत्व पाएको छ। जिल्लाको भुम्लु गाउँपालिकाको मतगणना सकिएको छ ।

अन्तिम मत परिणाम सार्वजनिक भएसंगै गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रेम भुजेल पालिका अध्यक्ष बनेका छन् । उनी ५ हजार ७ सय ९२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेम लामाले ४ हजार ५ सय ६८ मत पाए ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रमान तमाङ्ग ९दावा लामा निर्वाचित भएका छन् । उनले ६ हजार ९८ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कल्पना श्रेष्ठले ४हजार२९ मत पाइन् ।

६ नगरपालिका र ७ गाउँपालिका रहेको काभ्रेमा भुम्लु गाउँपालिकाले मत गणना सकाएको हो । पाँचखाल नगरपालिका बाहेक अन्य पालिकामा मत गणना जारी छ । पाँचखालमा भने वडा नं १३ को बैशाख ३० गते मतदान स्थगित भएपछि आज पुनः मतदान भइरहेको छ ।

17380
Shares

ट्रेन्डिङ