सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेलमा मतगणना रोकियो, यस्तो छ कारण

धुलिखेलमा मतगणना रोकियो, यस्तो छ कारण

49645
Shares
धुलिखेलमा मतगणना रोकियो, यस्तो छ कारण

धुलिखेल नगरपालिकामा एकाएक मतगणना रोकिएको छ । मतगणना सूचारू गर्ने बारे छलफल भैरहेको छ । धुलिखेलको १ देखि वडा नम्बर ७ सम्म विवादरहित ढंगले भैरहेको मतगणना वडा नम्बर ८ मा पुगेपछि विवाद  सिर्जना भएको हो ।

धुलिखेलमा मेयर पदमा स्वतन्त्रत उम्मेद्ववार विदुर बस्नेतले एमालेलाई कडा टक्कर दिईरहेको बेला एकाएक मतगणना रोकिएको हो ।

एमालेले यस अघिको मतगणना गर्दाको आचारसंहिता नै फेर्नु पर्ने अडान राखिरहेको विवरण आईरहेको छ । यद्यपि यस बारे सबैको समाचारले बुझ्न खोज्दा निर्वाचन  आयोगले धुलिखेल नगरपालिकाको लागि खटाए निर्वाचन अधिकृत मोहनराज भट्टराईलाइ सबैको समाचारले बारम्बार फोन गर्दै उनले फोन काटिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एमाले र कांग्रेस नेता कार्यकर्ताले आ आफ्नो तर्क राखेर पानी माथिको ओभानो बन्न खोजेका छन । एमालेको राम्रो मत आउने क्षेत्र मानिएको वडा नम्बर ८ मा मेयर र उपमेयरमा एक छापे भोट जेब्रा र रूखमा गएको मतपरिणामले देखाएको छ ।

यसबाट पनि एमाले केहि अत्तालिएको जस्तो देखिन्छ । वडा नम्बर ९ बिदुर बस्नेतकै वडा हो । बस्नेतले एमालेको गड मानिएको वडा नम्बर ११ पात्लेखेतको मत समेत आफ्नो पक्षमा पारेको एमाले बृत्तमा चर्चा चल्न थालेको छ ।

बस्नेतले एमालेका मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जु श्रेष्ठसंगको मतान्तर समेत ह्वात्तै घटाउँदै लगेका छन । जसका कारण पनि एमालेले अनावश्यक किचलो झिकेको मतगणना स्थलमा रहेका बस्नेत समर्थकको भनाई छ ।

 

49645
Shares

ट्रेन्डिङ