सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • धुलिखेलमा एमाले: आफै…आफै धामी

धुलिखेलमा एमाले: आफै…आफै धामी

25000
Shares
धुलिखेलमा एमाले: आफै…आफै धामी

धुलिखेलको मतगणना रोकेर एमालेले आफ्नो पराजितको मानसिकतालाई सतहमा ल्याएको छ ।

अनेक बहाना र भ्रमको खेती गरेर अहिले धुलिखेलमा एमाले नेता कार्यकर्ता हारको खुशीयाली सामाजिक सञ्जाल मार्फत मनाईरहेका छन ।

हार्ने निश्चित भएपछि एमाले धुलिखेलले मतगणना रोकेको कुरामा कुनै दुई मत छैन । हिजो साँझ देखि एमालेले सामाजिक सञ्जाल मार्फत झुटको खेतीलाई निरन्तरता दिईरहनुले पनि एमालेको पराजय निश्चित गरेको छ ।

अनेक फण्डा फालेर मतदाताको सेन्टिमेन्ट आफुतिर केन्द्रित गर्न एमालेले हरसम्मको प्रयास गरिरहेको छ । बजार, चोक, चिया पसल जस्ता सार्वजनिक स्थलमा एमाले विरोधी स्वार गुञ्जमान हुँदै गईरहेको छ।

वडा नम्बर १ देखि ८ सम्म सहमतिमा भैरहेको मतगणना एक्कासी वडा नम्बर ९ मा पुगेपछि रोकिएको एमालेकै कारण हो । अहिले सामाजिक सञ्जाल फेसबुक मार्फत एमाले थप भ्रम छर्न ब्यस्त देखिन्छ । जुन कुरा मतगणना आफुहरूले नै रोकेको हो भन्ने कूराको पुनर्पुष्टि गर्छ ।

मुख्य निर्वाचन अधिकारी मोहन प्रसाद भट्टराईको कार्य क्षमताप्रति नै धुलिखेल नगरपालिकाका मतदाताले प्रश्न गर्न थालेका छन । जिल्ला अदालत काभ्रेका न्यायधिस समेत रहनुभएका मुख्य निर्वाचन अधिकृत भट्टराईले यसअघि आधा दर्जनभन्दा बढी निर्वाचन सम्पन्न गराईसक्नु भएको छ ।

निर्वाचन आयोगले समेत विवादस्पद निर्णय गरेर पठाएपछि धुलिखेलमा थप असन्तुष्टि बढेको हो । मतगणना भैरहेको हकमा केही नहुने र गणना गर्न बाँकी रहेको मतपत्र निर्वाचन आयोगको ऐन, नियम अनुसार नै गर्न निर्वाचन आयोगले भनेको छ ।

निर्वाचन आयोगले मतगणना प्रक्रियामा दलका प्रतिनिधि नभएपनि गन्ती गर्न भनेको छ । यो निर्णयलाई गठबन्धन र स्वतन्त्र उम्मेदवारका समर्थकले नमान्ने अडान लिएका छन । उनीहरूले जसरी पहिले गनिएको थियो, त्यहि सहमति कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृतलाई सुझाब दिएका छन ।

25000
Shares

ट्रेन्डिङ