सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • काभ्रेकाे नमोबुद्धमा मेयर र उपमेयरणा गठबन्धनको सानदार जीत

काभ्रेकाे नमोबुद्धमा मेयर र उपमेयरणा गठबन्धनको सानदार जीत

8675
Shares
काभ्रेकाे नमोबुद्धमा मेयर र उपमेयरणा गठबन्धनको सानदार जीत

काभ्रेकाे नमोबुद्ध नगरपालिकामा अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार प्रमुख र उपप्रमुखमा गठबन्धनले जित हासिल गरेको छ ।

प्रमुखमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी हुनुभएको हो । प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई ५ हजार ३८९ मतान्तरले पराजित गर्नुभएको छ । लामाले ११ हजार २११ र भुर्तेलले ५ हजार ८२२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई १ हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी हुनुभएको छ । लामाले ८ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन् ।

कांग्रेसले वडा नं २, ३, ५, ६ र ९ गरि ५ वडा, एमालेले वडा नं ४, ८ र ११, माओवादी केन्द्रले वडा नं ७ र १० र वडा नं १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

8675
Shares

ट्रेन्डिङ