सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • चौरीदेउराली गाउँपालिकामा गठबन्धनको जित

चौरीदेउराली गाउँपालिकामा गठबन्धनको जित

7120
Shares
चौरीदेउराली गाउँपालिकामा गठबन्धनको जित

काभ्रेको दुर्गम चौंरीदेउराली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षभा गठबन्धनका उम्मेद्ववार विजयी भएका छन् ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणुका चौलागाई विजयी हुनुभएको छ । उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर लामा निर्वाचित हुनुभएको छ ।

अध्यक्षमा चौलागाई ६ हजार २२८ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जित राम लामाले ५ हजार ४६३ मत पाउनु भएको छ ।

त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा विजयी नेपाली कांग्रेसका लामाले ७ हजार २१९ मत पाएर विजयी हुँदा एमालेकी बविता खरेलले ३ हजार ५४९ मत पाउनुभयो । लामाले खरेललाई ३ हजार ६७० मत अन्तरले पराजित गर्नुभएको हो ।

7120
Shares

ट्रेन्डिङ