सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेलमा ब्याञ्जुसंग मतान्तर घटाउँदै बस्नेत

धुलिखेलमा ब्याञ्जुसंग मतान्तर घटाउँदै बस्नेत

33560
Shares
धुलिखेलमा ब्याञ्जुसंग मतान्तर घटाउँदै बस्नेत

धुलिखेल नगरपालिकामा एमालेका मेयर पदका उम्मेदवार अशोक कुमार ब्याञ्जु श्रेष्ठसंग स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले मतको अन्तर घटाउँदै लैजानु भएको छ ।

१, २, ३, ४, ५, ६, ७, ८ सकेर वडा ९ काे मत गन्दै गर्दा बस्नेत मतान्तर निकै घटाउनु भएको हो । हालसम्म मेयरमा ब्याञ्जुले ६ हजार २२ मत प्राप्त गर्दा बस्नेतले ४ हजार ६ सय पाउँनु भएको छ । ब्याञ्जु र बस्नेत बीच मतान्तर १४२२ रहेको छ । कलमले १७११ मत प्राप्त गरेको छ ।

उपमेयरमा लाल तारा अधिकारीले ५६३१, निराजन जंगमले ६१११ र दिपा श्रेष्ठले १४८६ ल्याउँनु भएको छ । अधिकारी र जंगमबीच ४८० मत अन्तर रहेको छ ।

वडा नम्बर ९ को ६९० मत गन्न बाँकी छ । वडा नम्बर १ देखि १२ सम्म जम्मा मतदाता २५ हजार २०० थिए । जसमा १९८३८ मत खसेको छ । १३ हजार ७९० मत गनि सकिएको छ । अब ५ हजार २४८ मत मात्रै गणना गर्न बाँकी छ ।

 

33560
Shares

ट्रेन्डिङ