• होमपेज
  • २० करोडको जग्गा कौडीको भाउमा बिक्री

२० करोडको जग्गा कौडीको भाउमा बिक्री

२० करोडको जग्गा कौडीको भाउमा बिक्री

ललितपुर मालपोत कार्यालयमा कार्यरत एक अधिकृत र भूमाफिया समूहको मिलेमतोमा चितवनको २० करोड रुपैयाँ मूल्य बराबरको जग्गालाई कौडीको भाउमा बिक्री गरेको खुलासा भएको छ ।
प्रहरीले नक्कली जग्गाधनी खडा गरी सो जग्गा बिक्री गरेको आरोपमा ललितपुरका मालमोत अधिकृत मीनबहादुर भट्टराईलाई पक्राउ गरेको हो । उनी काठमाडौं मालपोतमा हुँदा २०६६ सालमा सो जग्गा बिक्री भएको थियो ।
सो कार्यमा उनीहरुलाई चितवन मालपोत कार्यालयका कर्मचारीले पनि साथ दिएको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका