सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेलमा फेरि रोकियो मतगणना

धुलिखेलमा फेरि रोकियो मतगणना

13735
Shares
धुलिखेलमा फेरि रोकियो मतगणना

धुलिखेल नगरपालिकाको मतगणना फेरी स्थगित भएको छ ।

धुलिखेल नगरपालिकाको वडा नम्बर ११ को मतगणना गर्दै गर्दा ६१ वटा अर्ध कट्टि सहितको मतपत्र भेटिए पछि मत गणना स्थगित भएको हो ।

हनुमान माबि बिद्यालयमा र कालिदेबी माध्यमिक बिद्यालयमा रहेको बुथबाट जम्मा २ हजार ४ सय ६८ मतपत्र खसेको थियो । जस मध्ये ५ सय मत गणना गरिसकिएको छ ।

 

यसअघि उम्मेदवार नउठेको र उठेको एउटै पदमा स्वस्तिक छाप लागेको भए उम्मेदवार भएको पदको मत सदर मान्ने कि नमान्ने भन्ने विवादले मत गणना रोकिएको थियो ।

 

13735
Shares

ट्रेन्डिङ