सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा अहिलेसम्म पालिका अध्यक्ष र मेयरमा एमाले ‘शून्य’, कहाँ कसले जिते ?

काभ्रेमा अहिलेसम्म पालिका अध्यक्ष र मेयरमा एमाले ‘शून्य’, कहाँ कसले जिते ?

15240
Shares
काभ्रेमा अहिलेसम्म पालिका अध्यक्ष र मेयरमा एमाले ‘शून्य’, कहाँ कसले जिते ?

काभ्रेमा हालसम्म एमालेले पालिका अध्यक्ष र नगरपालिकाको मेयरमा विजयीको खाता खोल्न सकेको छैन। मतगणना सकिएका कुनै पनि  पालिकाको अध्यक्ष र मेयरमा एमाले शून्य छ ।

सात वटा गाउँपालिका मध्य महाभारत गाउँपालिका बाहेक ६ वटाको अन्तिम मतपरिणाम आएको छ । ६ वटै पालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले विजयी हासिल गरेको छ ।

भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रेम बहादुर भुजेल र उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङ (दावा) विजयी हुनुभएको छ । चौरीदेराली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रेणु चौलागाईं र उपाध्यक्षमा नेपाली कांग्रेसका शेर बहादुर लामा विजयी हुनुभएको छ ।

खानीखोला गाउँपालिकामा माओवादी केन्द्रका इन्द्र बहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी हुनुभएको छ । तेमाल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्र लामा र उपाध्यक्षमा माओवादी केन्द्रका र दल बहादुर थोकर विजयी हुनुभएको छ ।

रोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दिनेश लामा र उपाध्यक्षमा माओवादी केन्द्रका मिम बहादुर लामा (ज्वाला) विजयी हुनुभएको छ ।

बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगवान घिमिरे र उपाध्यक्षमा माओवादी केन्द्रका तारा राना तिमल्सिना विजयी हुनुभएको छ ।

काभ्रेको ६ मध्ये ४ वटा नगरपालिकाको मतगणना सकिएको छ । चारवटा नगरपालिकाको मतपरिणाम अनुसार कुनैपनि नगरपालिकाको प्रमुखमा एमाले विजयी हुनुभएको छैन । नमोबुद्ध नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कुन्साङ लामा र उपमेयरमा माओवादी केन्द्रका रत्न बहादुर लामा विजयी हुनुभएको छ ।

मण्डनदेउपुर नगरपालिकाको मेयरमा दोस्रो कार्यकालका नेकपा (एकीकृत समाजवादी) का टोक बहादुर वाईबा र उपमेयरमा नेपाली कांग्रेसका विष्णु मणी नेपाल विजयी हुनुभएको छ ।

पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारी र उपमेयरमा एमालेका गिता बञ्जारा विजयी हुनुभएको छ ।
बनेपा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका शान्ति रत्न शाक्य र उपमेयरमा एमालेका बिमला सापकोटा विजयी हुनुभएको छ ।

पाँचखाल र धुलिखेल नगरपालिकाको मतगणना भैरहेको छ । धुलिखेलमा एमालेका मेयर पदका उम्मेद्ववार अशोक कुमार ब्याञ्जुको अग्रता कायमै छ भने पाँचखाल गठबन्धनका उम्मेद्ववार अगाडि छन ।

15240
Shares

ट्रेन्डिङ