सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • धुलिखेलको मेयरमा पुन:अशोक ब्याञ्जु,बिदुर बस्नेतले दिए सुरुमै शुभकामना

धुलिखेलको मेयरमा पुन:अशोक ब्याञ्जु,बिदुर बस्नेतले दिए सुरुमै शुभकामना

16230
Shares
धुलिखेलको मेयरमा पुन:अशोक ब्याञ्जु,बिदुर बस्नेतले दिए सुरुमै शुभकामना

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा एमालेका अशोक कुमार ब्याञ्जु श्रेष्ठले विजयी हाँसिल गरेका छन् ।

आज सकिएको मत गणना अनुसार उनले स्वतन्त्र उम्मेरदवार बिदुर बस्नेतलाई हराएका हुन् ।

सत्ता गठबन्धनबिच चुनावी तालमेल भएपछि धुलिखेल नगरको मेयर नेकपा एकिकृत समाजबादी र उप मेयर नेपाली काँग्रेसको भागमा परेको थियो । धुलिखेल काँग्रेसले भने उक्त निर्णय नमान्ने भन्दै मेयर आफूलाई चाहिने बताउँदै आएको थियो ।अन्तिम समयसम्म कुरा नमिले पछि काँग्रेसका विदुर बस्नेतले स्वतन्त्र उम्मेरदवारी दर्ता गराएका थिए ।

एमालेका अशोक ब्याञ्जुको टक्कर गठबन्धन भन्दा पनि स्वतन्त्र उम्मेरदवारसंग परेको थियो ।

चुनावमा पराजित भएपनि बस्नेतले चुनाव हार र जितको मैदान भएको भन्दै अशोक ब्याञ्जुलाई सुरुमै बधाई तथा शुभकामना दिएका छन् । अन्तिम मत परिणाम आउने वित्तिकै बस्नेतले राम्रो काम गरेर अगाडी बढ्न सुझाव दिदै शुभकामना दिएका हुन् ।

अशोक ब्याञ्जु यस अघिपनि धुलिखेल नगरपलिकाको मेयर थिए ।

उप मेयरमा गठबन्धनतर्फका काँग्रेसका निराजन जंगम निर्वाचित भएका छन्।

16230
Shares

ट्रेन्डिङ