सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेमा एमालेको विरासत जोगाउनेमा अशोक व्याञ्जु एक्लै

काभ्रेमा एमालेको विरासत जोगाउनेमा अशोक व्याञ्जु एक्लै

21275
Shares
काभ्रेमा एमालेको विरासत जोगाउनेमा अशोक व्याञ्जु एक्लै

काभ्रेको धुलिखेल नगरपालिकामा एमाले जीत हाँसिल गरेको छ । काभ्रेका १३ स्थानीय तहमध्ये धुलिखेलमा मात्रै एमाले विजयी भएको हो। पाँचखाल नगरपालिकाको भने नतिजा आउन बाँकी छ ।

नतिजा आउन बाँकी भएपनि कांग्रेसभन्दा एमाले धेरै पछाडि छ। धुलिखेलमा एमालेका अशोक व्याञ्जु पुनः निर्वाचित भएका छन्। उनले ८ हजार ३ सय ४९ मत पाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विदुर बस्नेतले ७ हजार ४०९ मत प्राप्त गरेका छन्।

बस्नेतले सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीबाट दयासागर श्रेष्ठ उम्मेदवार बनेपछि नेपाली कांग्रेसका बस्नेतले बागी उम्मेदवारी दिएका हुन्। श्रेष्ठले भने १ हजार ७ सय ८३ मत मात्रै ल्याएका छन्।

उपमेयरमा भने नेपाली काग्रेसका निराजन जंगमले ७ हजार ९ सय ३८ मत ल्याएर विजयी भएका छन्। दोस्रो भएकी एमाले उम्मेदवार लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत ल्याइन्।

२०७४ को स्थानीय निर्वाचनमा काभ्रेका १३ मध्ये ७ पालिका जितेको एमालेले यसपटक भने एउटा मात्रै पालिका प्रमुख जितेको हो । यसपटक काभ्रेमा एमालेको विरासत व्याञ्जुले मात्रै जोगाएका छन्। उनी यसअघि पनि धुलिखेलकै मेयर थिए। उनी एमालेको काभ्रे अध्यक्षसमेत हुन्।

21275
Shares

ट्रेन्डिङ